नुवाकोटमा हुचिल र सालकको मासुसहित दुई जना पक्राउ



शलिकराम, चालिसे । नुवाकोटमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी नुवाकोटको सहयोगमा तीन हुचिल र सालकको सुकेका मासु (सुकुटी)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमाहरुमा बेलकोटगढी नगरपालिका रातमाटेका कृष्णलाल श्रेष्ठ र तार्केश्वर गाँउपालिकाका बलराम श्रेष्ठ रहेको नुवाकोट प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिनुभयो ।

लामो समयदेखि वन्यजन्तुको ओसारपसार गर्दै आएको जानकारी पाएपछि उनीहरुलाई सिआइबी प्रहरीले ग्राहक बनेर पछ्याउने क्रममा शनिबार कृष्णलालको घरबाट हुचिल र सालकको सुकेका मासुका टुक्राहरुसहिद नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

हुचिल र सालक लोपोन्मुख वन्यजन्तुमा पर्ने भएकाले पक्राउ परेकालाई राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअनुसार कारबाहीका लागि प्रहरीले जिल्ला वन कार्यालयमा बझाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्