वृद्धको विश्व कीर्तिमान



लन्डन, (एजेन्सी)
मान्छे ६० वर्ष नाघेपछि नै आफूलाई अशक्त महसुस गर्छन्। अब जिन्दगीमा केही गर्न सकिँदैन भन्दै हरेस खाएर जिन्दगी व्यतित गर्नेहरू संसारमा धेरै हुन्छन्। तर यसमध्ये केहीले भने उमेर भनेको केही होइन भनेर प्रमाणित गरे। यस्तैमा अस्टे«लियाका एक वृद्ध पौडीबाजले ९९ वर्षमा आफ्नो उमेर समूहमा कीर्तिमान रचेका छन्।

शुुक्रबार क्वीन्सल्यान्डमा भएको १ सयदेखि १ सय ४ वर्षको विधामा जर्ज कोरोनेसले ५६ दशमलव १२ सेकेन्डमा ५० मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान रचेका हुन्। जर्जले यसअघि २०१४ मा राखेको कीर्तिमानलाई ३५ सेकेन्डले छायामा पारेका थिए। सो वर्ष ब्रिटिस पौडीबाज जोन हेरिसनले १ मिनेट ३१ दशमलव १९ सेकेन्डमा पूरा गरेर विश्व कीर्तिमान राखेका थिए।

जर्जले बीबीसीलाई बताए– ‘यो मेरा लागि ज्यादै राम्रो पौडी थियो। सही सन्तुलित….र मैले अन्तमा मेरो हातले भित्ता छुन तयार भइसकेको थिएँ।’

ब्रिस्बेनका जर्जले युवा अवस्थामा नै पौडीबाज हुन चाहेको बताए। तर उनले ८० वर्षको उमेरमा पौडी खेल्न शुरू गरेका थिए। उनले भने– ‘मैले दोस्रो विश्व युद्ध शुरू भइरहेको अवस्थामा छाडेको थिएँ। मैले रिटार्यड भएपछि मात्रै अभ्यासका लागि पौडीको शुरुआत गरेको थिएँ। यो उमेरमा थकान छिट्टै हुन्छ। तर यदि राम्रो गरेमा पुरस्कार ज्यादै ठूलो पाउँछ पनि। अन्तिम १० मिटर बाँकी हुँदा मलाई थाहा भयो कि म थकानमा थिएँ। तर कुनै बाधाविना नै मैले पौडी पूरा गरे।’

जर्ज आगामी अप्रिलमा १ सय वर्षमा हुनेछन्। यसैले उनले राखेको विश्व कीर्तिमान अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना)ले आधिकारिकरूपमा दर्ता गर्न स्थगित गरिरहेको छ। उनले शनिबार हुने १ सय मिटर फ्रिस्टाइलमा पनि चुनौती दिनेछन्। उनले विश्वास गरेका छन् कि हेरिसनले राखेको ३ मिनेट २३ दशमलव १० सेकेन्डको विश्व कीर्तिमानलाई पछार्न सकिनेछ। उनले भने– ‘म युवा होइन। तर म यसका लागि साँच्चिकै प्रतीक्षारतमा छु। ममा ज्यादै राम्रो गर्न सक्ने आत्मविश्वास पनि छ।’

प्रतिक्रिया दिनुहोस्