ग्रीजम्यानले चारै गोल गरे



मेड्रिड, (एजेन्सी)
एन्टोइन ग्रीजम्यानले चार गोलको योगदान दिएपछि एटलेटिको मेड्रिडले बार्सिलोनासँग अंक दूरी घटाएको छ। ला लिगाअन्तर्गत बुधबार राति भएको खेलमा एटलेटिको मेड्रिडले लेगानेसलाई ४–० ले हराएको हो। फ्रान्सका स्ट्राइकरले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गरेका थिए। २६औं मिनेटमा कोकेको पासमा पहिलो गोल गरेपछि ग्रीजम्यानले ३५औं मिनेटमा फ्रिकिकमा सानदार गोल गरेका थिए। यसैगरी उनले ५६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

ग्रीजम्यानले ६७औं मिनेटमा अर्को एक गोल डिएगो कोस्टाको क्रसमा सम्भव पारेका थिए। उनले यो साताअघि ला लिगामा ८ गोल गरेका थिए। गत आइतबार उनले सेभियाविरुद्ध ह्याट्रिक गर्दा उनको टोली ५–२ ले जितेको थियो।

यो जितसँगै एटलेटिको बार्सिलोनासँग ४ अंकले पछाडि परेको छ। यो एटलेटिको मेड्रिडको सबैजसो प्रतिस्पर्धा गरी लगातार आठौं जितसमेत थियो। टोलीले आइतबार नउ क्याम्पमा खेल्नेछ। जुन खेलमा जित हात पारेमा बार्सिलोनामाथि उपाधि होडमा दबा राख्न सकिने मेनेजर डिएगो सिमोनले आशा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्