कलाकर्मीको फागु



कलाकारले पनि बिहीबार रमझमका साथ फागुपूर्णिमा मनाएका छन्। कतिपय कलाकारले निवासमै बसेर फागुको मजा लिए भने धेरैजसो कलाकारले नायिका तथा निर्मात्री करिश्मा मानन्धरको निम्तोमा उनको गोदावरीस्थित निवासमा पुगेर यो रंगको पर्व मनाएका छन्।

करिश्मा र विनोद मानन्धरको दम्पतीले हरेक वर्षझैं यसपटक पनि कलाकर्मीका लागि आफ्नो निवासमा फागुको कार्यक्रम आयोजना गरेका थिए। जहाँ केक काटेर र स्याम्पियन फोडेर विनोदको बर्थडे पनि मनाइएको थियो। कक्टेल र खानपिनको व्यवस्थासहित आयोजना गरिएको कार्यक्रममा कलाकारले नाचगान गरेर रमाइलो गरेका थिए।

सर्वसाधारणसमेतको भीडभाडका कारण करिश्मा दम्पतीलाई फागुको कार्यक्रम गर्न कठिन भएको थियो।

तस्वीरः विदुर गिरी, उजोल डंगोल र रंगराज आचार्य

प्रतिक्रिया दिनुहोस्