स्तनपानको तस्वीर विवादास्पद



नयाँदिल्ली, (एजेन्सी)
भारतको एउटा पत्रिकाको मुखपृष्ठमा छापिएको एक मोडल महिलाले बच्चालाई स्तनपान गराइरहेको तस्वीर सामाजिक सञ्जालमा विवादास्पद हुन पुगेको छ। भारतको केरला राज्यबाट प्रकाशित हुने गरेको गृहलक्ष्मी नामक पत्रिकामा मोडल गिलु जोसेफले सीधा क्यामेरातर्फ हेरेर बच्चालाई स्तनपान गराइरहेको तस्वीर छापिएको हो।

तस्वीरमाथि लेखिएको छ– ‘आमाहरू केरलालाई भन्छन्– क्वारक्वार्ती नहेर्नु, हामी स्तनपान गराउन चाहन्छौं।’ सम्भवतः भारतको कुनै पनि पत्रिकाको मुखपृष्ठमा यसरी कुनै पनि महिलाले स्तनपान गराइरहेको तस्वीर छापिएको यो पहिलो घटना हुनुपर्ने बताइएको छ।

तर सो तस्वीरकी मोडल आफैमा वास्तविकतामा आमा नभएकाले विवाद सृजना भएको हो। गृहलक्ष्मीका सम्पादकले आमाहरूले सार्वजनिकस्थलमा पनि आफ्ना सन्तानलाई स्तनपान गराउनुपर्ने आवश्यकतालाई प्रचारप्रसार गराउने उद्देश्यले यो तस्वीर प्रयोग गरिएको बताएका छन्।
भारतमा गत महिना एक जना पुरुषले यसरी महिलाहरूलाई सार्वजनिक स्थलमा स्तनपानका लागि प्रोत्साहित गर्ने उद्देश्यले आफ्नी पत्नीले स्तनपान गराइरहेको तस्वीर फेसबुकमा पोस्ट गरेका थिए।भन्सार राजस्व लक्ष्यभन्दा कम

प्रतिक्रिया दिनुहोस्