एक घर एक व्यवसाय नारासहित धादिङ महोत्सव शुरू



धादिङ, (नेस)
‘एक घर एक व्यवसाय’ मूल नाराका साथ धादिङको रायेटारमा धादिङ महोत्सव शुरू भएको छ। बिहीबारबाट शुरू भएको महोत्सव हात्तीलाई अगाडि लगाउँदै बाजागाजासहित उद्घाटन गरिएको हो।

१२ दिनसम्म चल्ने महोत्सव साना तथा मझौला व्यवसायी महासंघ धादिङले आयोजना रहेको हो। पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता रामशरण महतले उद्घाटन गर्नुभएको समारोहमा विभिन्न समुदायका भेषभुषा, रहनसहन, संस्कृतिसम्बन्धी झाँकीहरूसमेत प्रस्तुत गरिएको थियो। अंशुवर्माको शासनकालमा चीनको सहयोगमा नेपाल र भारतबीच भएको युद्धको झल्को दिने घोडचढी नाच पनि महोत्सवमा देखाइएको थियो। यो ऐतिहासिक नाच उत्तरी धादिङमा प्रचलित छ।

महोत्सवमा २ लाख बढी मानिसले अवलोकन गर्ने तथा १० करोड रुपियाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको महासंघका जिल्ला अध्यक्ष रामलाल श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्