२ नम्बर प्रदेशको गृहमन्त्रीमा ज्ञानेन्द्र, फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री



नेपाल समाचारपत्र, जनकपुर।

प्रदेश २ को सरकार विस्तार गरीने बताइएको छ । विस्तार हुने मन्त्रीपरिसद्मा फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् भने राजपाले अझै नाम पनि पठाउन आनाकानी गरेको छ ।

स्रोतका अनुसार फोरमले गृह (आन्तरिक मामिला तथा कानुन) मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाइएको छ ।उनी मुख्यमन्त्रीको दावेदार समेत मानिएका थिए ।

फोरमले तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री हुने पक्का जस्तै भएको छ ।

फोरमबाटै मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्