भलिवलको उपाधी सरुमारानिलाई



सलिम अन्सारी, प्युठान । ३६ औ मगर दिवसको अबसरमा जिल्लाको सरुमारानी गाउपालिका-४ बड्डडाडामा आयोजित खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी सरुमारानी युवा क्लवले जितेको छ ।

भलिवलको फाइनलमा सरुमारानीले सुजिनपुर समुहलाई पराजित गर्दै उपाधी जितेको हो । सुजिनपुर युवा कल्ब हंसपुरले उपबिजेतामै चित्त बुझाएको छ।तेश्रो उपाधी लाङ्घाली कल्ब तिनखण्डी खेलकुद समुहले जितेको थियो । बुधवार सम्पन्न खेलका प्रथम बिजेतालाई १५ हजार रुपैयाँ दिइएको थियो । दोश्रोलाई १० हजार र तेश्रोलाई ५ हजार रुपैयाँ दिइएको थियो ।

उनिहरुले नगद सहित मेडल र प्रमाणपत्र समेत प्राप्त गरे। त्यस्तै बड्डडाडा- कुडुले ६ किलोमिटर खुल्ला म्यारुथुन डौड प्रतियोगितामा सरुमारानी-५ निवासी २१ बर्षिया पहलसिं दर्लामी,१६ बर्षिया खुम बहादुर दर्लामी र बर्ष १६ कै ओबाराम सोमै क्रमशस् प्रथम,द्धितिय र तृतिय हुन सफल भए। नेपाल मगरसंघ सरुमारानी खेलकुद बिकास समितीले प्रतियोगिता आयोजना गरेको हो।

खेलकुद समितिका संयोजक तारापती सोमैले आपसी सम्बन्ध बलियो र मनोरञ्जनको लागि खेल निकै महत्व भएको बताए ।
भलिवल खेलमा प्युठान सहित दाङ र अर्घाखांचीका १३ वटा समुह सहभागिता रहेका थिए । प्रतियोगितालाई निश्पक्ष बनाउन रेफ्री देउमान सोमै मगर र बेगम दर्लामीले खेलाएका थिए । ‘खेल निकै नै रोमान्चकारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्