मानिसले अण्डा पारेपछि…..



एजेन्सी, इण्डोनेसियामा एकजना किशोरले पछिल्लो दुई वर्षदेखि अण्डा पारिरहेको घटनाले सबैलाई चकित बनाएको छ ।

१४ वर्षका यी किशोरले अण्डा पारेको भिडियो पनि विभिन्न अनलाइनमा भाइरल बनेको छ । अकमल नामका ती किशोरले डाक्टरकै अगाडि अण्डा पारेको बताइएको छ । उनका परिवारले उनले पछिल्लो २ वर्षमा २० वटा अण्डा पारेको दावी गरेका छन् ।

आफ्नै आँखा अगाडि अकमलले अण्डा पारेपछि डाक्टरहरु पनि तिनछक परेका थिए । तर डाक्टरहरुले मानिसको सरीरभित्र यस्तो चराको जस्तो अण्डा उत्पादन हुने कुरा सम्भव नै नभएको बताउँछन्। उनले सरीरभित्र अण्डा राखेर आफैले पारेजस्तो गरी सबैलाई झुक्याएको आशंका समेत गरिएको छ ।

तर, उनको सरीरको एक्सरे गर्दा समेत जिउभित्र कुनैपनि त्यस्तो लुकाएको अण्डा पाइएन् ।

उनले यसअिघ १८ वटा अण्डा पारेकोमा डाक्टरकै अगाडि थप दुईवटा अण्डा पारेका थिए । डाक्टरको अगाडि अकमलले पारेका अण्डा फोरेर हेर्दा एउटामा भित्रपट्टी पूरै पहेँलो र अर्कोमा भित्रपट्टी पूरै सेतो पाइएको उनका बुवाले बताए ।

प्रतिक्रिया दिनुहोस्