बञ्चरो प्रहारबाट एकको हत्या



रौतहट,  जिल्लाको उत्तरीभेगको कटहरिया नगरपालिकामा गएराति टाउकोमा बञ्चरो प्रहार गरेर एकजनाको हत्या गरिएको छ ।

कटहरिया नगरपालिका–१, छेदीचौक, हँथियाहीका ४० वर्षीय शिवमंगल महतो नुुनियाको टाउकोमा बञ्चरो प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।

हत्याको अभियोगमा स्थानीय जितुु महतो नुुनियाका छोरा ३५ वर्षीय वीरेन्द्र महतो नुुनियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय, गरुडाका प्रमुख प्रहरी निरीक्षक गोविन्द थापाका अनुुसार मृृतकको टाउको र ढाडमा चोट देखिएकाले पछाडिबाट बञ्चरो प्रहार भएको देखिन्छ ।

मात्र ५० मिटरको दूरीमा घर रहेका मृतक शिवमंगल महतो सोमबार राति करिब १२ बजे अभियुुक्तको घरमा प्रवेश गरेका थिए । घरमा बाहिरिया मानिस प्रवेश गरेको चाल पाएर वीरेन्द्र महतोले पछाडिबाट शिवमंगल महतोको टाउकोमा बञ्चरो प्रहार गर्दा महतोको घटनास्थलमै मृृत्युु भएको प्रहरी निरीक्षक थापाले बताउनुुुुभयो ।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय गौर, इलाका प्रहरी कार्यालय गरुडा, कटहरियाबाट गएको टोलीले अभियुुक्त वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएर शव परीक्षणका लागि जिल्ला अस्पताल, गौर पठाएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुुभयो ।

रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले घटनाको ठोस कारण खुुल्न नसके पनि पुुुुरानो रिसइबीका कारण हुनसक्ने प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुुलेको बताउनुुभयो ।

उता स्थानीयले भने अनैतिक कार्य गर्ने उद्देश्यले शिवमंगल महतो छिमेकी जितुु महतोको घरमा मध्यरातमा पसेको हुनसक्ने आँकलन गरेका छन् । घटनास्थल सदरमुुकाम गौरबाट ३५ किलोमिटर उत्तरमा पर्दछ ।
रासस

प्रतिक्रिया दिनुहोस्