मल्पीलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
मल्पी इन्स्टिच्युट ‘ए’ ले तेस्रो काष्ठमण्डप कप अन्तर ए लेभल थ्री बाई थ्री छात्र बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ।

मण्डिखाटारमा भएको फाइनल खेलमा मल्पीले आयोजक एवं साविक उपविजेता काष्ठमण्डपलाई १२–६ ले पराजित गर्यो। मल्पीको जितमा प्रसंगध्वज मास्केले सर्वाधिक १० अंक योगदान गरे। प्रसंग ‘मोस्ट भेलुएबल प्लेयरसमेत चुनिए। यसअघि हिजै सम्पन्न सेमिफाइनल खेलमा मल्पीले आफ्नै ‘बी’ टिमलाई ८–६ तथा काष्ठमण्डपले गत दुवै संस्करणको विजेता साइपाल एकेडेमीलाई १०–९ ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए।

प्रतिक्रिया दिनुहोस्