फेस अफ मारवाडी हुँदै



राजधानीमा पहिलोपटक फेस अफ मारवाडी हुने भएको छ। यसका लागि सम्पन्न पहिलो अडिसनबाट १३ जना प्रतिस्पर्धी छनोट भएका छन्। फेस अफ मारवाडीका लागि थप अडिसन काठमाडौं, वीरगन्ज र विराटनगरमा हुने भएको छ।

यस प्रतियोगितामा छनोट भएका प्रतिस्पर्धीहरूलाई भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न सौन्दर्यमा प्रतिनिधित्व गराउने ओजक पेज थ्री हट कल्चरले जनाएको छ। मारवाडी समुदायका युवा–युवतीको व्यक्तित्व विकास गरी मारवाडी कला संस्कृतिलाई जगेर्ना गर्दै विकास र विस्तार गर्ने उद्देश्यका साथ मरवाडी समुदाय लक्षित सौन्दर्य प्रतियोगिता फेस अफ मारवाडी हुन लागेको हो। प्रतियोगिताको कोरियोग्राफरमा पूर्वमिस नेपाल माल्भिका सुब्बा र उषा खड्गी रहेका छन्। प्रतियोगितामा १६ देखि २८ वर्ष उमेर समूहका मारवाडी युवा–युवती सामेल हुन सक्नेछन्। प्रतियोगिताको अन्तिम स्पर्धा आगामी ८ अप्रिलमा राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्