मकैको घोगा छ, दानानै छैन !



सञ्जय कार्की, रौतहट । चन्द्रपुर–४ का बाबुराम तिमल्सिनाले २५ कटठा जमिन भाडामा लिएर खेती गर्दै आउनु भएको छ । उहाले यसपटक उन्नत जातको मकैको खेती गर्दा मनग्य आम्दानी हुने सोच बनाएर बन्नी जातको मकैको बीउ रोप्नु भएको हो तर उत्पादन हुनेबेलामा मकैको घोगा छ, दानानै छैन ।

यस्ले उहा निराश मात्र हैन चिन्तित बन्नु भएको छ । उहाजस्तै रौतहटको उत्तरी भेगका अधिकास किसानको सपना मकैको घोगामा दाना नलागेपछि चकनाचुर भएको छ । उहाजस्तै चन्द्रपुर नगरपालिकाको वडानम्बर २, ३, र ४ का किसानहरुले लगाएको चालिस बिघा भन्दा बढि क्षेत्रफलको जमिनमा मकैको घोगामा दाना नलागेपछि उनीहरु चिन्तित बनेका हुन ।

राम्रो उत्पादन दिने भन्दै रौतहटको चन्द्रपुरका किसानले लगाएको मकैको घोगामा दाना नलागेपछि किसानहरुले यसपटक करोडौ रुपैयाको क्षती ब्यहोर्नु परेको दुखेसो उनीहरुले गरेका छन । गएको कार्तिक महिनाको पहिलो सातामा रोपेको हाईब्रिड बन्नी र श्रेष्ठ जातको मकैमा घोगा लागेपनि दाना नलागेपछि किसानहरुको लगानीनै डुबेको छ । नेपाल सरकारको पञ्जिकरणमा परेको उन्नत प्रकारको मकैको श्रेष्ठ र बन्नी जातको बीउ चन्द्रनिगाहपुरका मङ्गलेश्वेर, मैनाली, र पुजा एग्रोभेट बाट खरिद गरेपनि घोगामा दाना नलागेपछि किसानहरु अन्यौलमा समेत परेका छन । भारतको हैदरावादमा उत्पादन भएको श्रेष्ठ र बन्नी जातको मकैको बीउमा दाना नलागेको हो ।

बाराको अरबिन्द एग्रो सेन्टरले भारत बाट खरिद गरेर ल्याएको बीउ स्थानीय एग्रोभेट लाई आपुर्ती गर्ने र उनीहरु मार्फतनै किसानले खरिद गरेको जनाइएको छ । बिउबिजन बिक्रेताले नक्कली बिउ बिक्री गरेको आरोप समेत लगाइएको छ । यस्को छानबिन हुनु पर्ने माग चन्द्रपुर– ४ का रमेश हुमागाईको रहेको छ । ६०० रुपियाँ प्रति किलोका दरले खरिद गरेको उक्त जातीको मकैको बीउ बाट ९० दिनमानै उत्पादन हुने बिश्वास गरिएको थियो ।

एक बिगाहा जमिनमा १५ किलोमकैको बीउ र एक कटठा नमिनमा युरिया, पोटास र डिएपी गरी १५ किलो बीउ खर्चिको अर्का किसान केदार प्रसाद तिमल्सिनाले बताउनु भयो । मकैको उत्पादनले जीबिकोपार्जन चलाउने आशमा रहेका किसानहरु निराश मात्र हैन, ऋणभारमा डुबेकोमा चिन्तित बनेका छन । चन्द्रपुर नगरपालिका वडानम्बर ४ का अध्यक्ष अमर आलेले किसानले लगाएको मकै खेतीले यसपटक उत्पादन दिएन । किसानले क्षतीपुर्ती पाउनु पर्ने उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्