धुलैधुलो जामैजाम



काठमाडौंको सडकमा धुलो धुवाँ जति भए पनि अब केही फरक पर्ने छैन भन्ने धरहरालाई लागेको छ। भित्री सडकमा जाम हुनु त स्वाभाविकै मान्न सकिएला तर रिङरोडमा जाम हुनु पनि अब सामान्य हुन थाल्यो।
कलंकीलाई नै आधार मान्ने हो भने संसारकै सबैभन्दा जाम हुने ठाउँभन्दा पनि अतियुक्ति नहोला। रिङरोडका मुख्य–मुख्य नाकामा जाम हुनु पनि अब सहजै लिने बानी परेको छ हामी जनतालाई। यसमाथि पनि कहिले कुन्नि कसको सवारी रे कहिले कसको सवारी भनेर हैरान पारी सक्यो।

हिजोआज बिहेको पनि लगन खुबै जुरेको छ। त्यसैले होला रिङरोडनजिकै कतै पाटी प्यालेस छ भने १ घण्टाअघि नै समय मिलाउन अब नभुल्न पनि यो धरहराको सुझाव छ। जामलाई एकैछिन थाती राखेर धुलोतिर फर्कने हो भने यसको कथा पनि कम छैन। पानी नपरेको समयमा अझ कच्ची सडक अनि देखिन्छ हजुरबाउको बिहे। त्यसमाथि पनि सडक सबै आफ्नै ठानेर बाजाका तालमा नाच्नेलाई कसले छुने। साइडका मान्छे जति सबै सेताम्मै भए पनि के भो र धुलो उडार नाच्न पाए भयो। बेहुलाबेहुली कारमा अब अरुको के मतलब, कि कसो पाठकवृन्द!

प्रतिक्रिया दिनुहोस्