शंकै शंका



चर्चित डन मनोज पुन अन्ततः मारिएका छन्। फिरौती, धम्की र व्यापारीहरूको हत्या गरेर चर्चामा रहेका उनी मारिएपछि मुलुकका धेरै उद्योगी, व्यापारीहरूलाई हाईसन्चो भएको छ। धम्कीपूर्ण फोन नआउने भएपछि अबदेखि उनीहरू आनन्दले सुत्न पाउने भएका छन्।

बुधबार बिहान करिब ३ बजे प्रहरीले देवदह नगरपालिका–४, भवानीपुरमा प्रहरी र पुनबीच इन्काउन्टर भएको बताइएको छ। उनको हत्या भने नाटकीय शैलीमा भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ दिनअघि भारतबाट पक्राउ गरी नेपाल ल्याइएको भनिएका उनलाई सार्वजनिक नगरेर इन्काउन्टरमा मार्नुपर्ने कारण भने धरहराले फरक अर्थमा बुझ्या छ।

विगतमा वाईसीएल र युथफोर्सको राजनीति गरेर गुन्डागर्दीमा छाएका पुन चल्तीका नेताको आशीर्वाद र आडमा त्यस्तो गतिविधिमा छाएका थिए। पुनले आफूहरूसँगको कनेक्सन पर्दाफास गर्ने कन्र्फम भएपछि ‘स्वच्छ छवि’का नेताहरूको ‘ग्रीन सिंग्नल’मा इन्काउन्टरको षड्यन्त्र रचिएको धरहराले गाइँगुइँ सुन्यो। इन्काउन्टर भन्यो, टन्टै साफ, क्या गज्जब⁄प्रहरीलाई पुन पक्षले गोली प्रहार गरेपछि प्रहरीको विशेष टोलीले प्रतिकार गर्या रे। एक हैन, दुई हैन, १२ गोली पुनलाई हानिएछ, उनका सहयोगी सोम आलेलाई १० गोली। एउटै व्यक्तिलाई १२ र १० गोलीसम्म हान्नुपर्ने कस्तो हो प्रहरीको विशेष टोली? कि, भर्खर जवानमा भर्ती भएकालाई गोली चलाउन लगाएर प्रहरीका वरिष्ठहरूचाहिँ ज्यान जोगाउन अन्यत्रै कुलेलम ठोक्या थिए!

प्रतिक्रिया दिनुहोस्