अनन्य तेस्रो स्थानमा



काठमाडौं, (नेस)
एसियन रोलर स्पोर्टस एक्सपर्ट काउन्सिल कमिटीको आयोजनामा गतसाता थाइल्यान्डको पतायामा भएको प्रतिस्पर्धामा नेपाली बाल खेलाडीले राम्रो प्रदर्शनी गरेका छन्।

नेपालबाट भाग लिएका ९ वर्षीय अनन्य खड्काले जुनियर उमेर समूहको ५ सय मिटर र १ हजार मिटरको स्केटिङ दौडमा तेस्रो स्थान हासिल गरेका थिए। उक्त प्रतिस्पर्धामा सिनियरतर्फ विकल्प तिमिल्सिनाले १ हजार मिटर दौडमा तेस्रो स्थान हासिल गरे। नेपाल, भारत, थाइल्यान्ड, इन्डोनेसिया, बंगलादेश, पाकिस्तानलगायतका देशका ७० भन्दा बढी बाल खेलाडी सहभागी रहेका थिए। उक्त खेलमा नेपालले देशको प्रतिस्पर्धामा दोस्रो उपाधि जितेको थियो।

प्रतिस्पर्धामा राजर्षि गुरुकुल भक्तपुर विद्यालयबाट छनोट भएका अनन्य खड्का, सोयल संगम शर्मा र विकल्प तिमल्सिना देशको सहभागीका रूपमा प्रतिस्पर्धामा सहभागी भएका थिए। उक्त प्रतिस्पर्धामा पहिलो स्थान भारतका खेलाडीले हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्