बस दुर्घटना, ४४ जनाको मृत्यु



लिमा । पेरुको दक्षिणी क्षेत्रमा बस दुर्घटना हुँदा ४४ जनाको मृत्यु भएको छ ।

गुडिरहेको बस लिमाको एरेक्विपा नजिकै सडकबाट करिब २ सय मिटर तल खसेको  प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बस खस्दा ४३ जनाको घटनास्थल र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्