चैतमा स्व. रायमाझीको डेस्टिनेसन काठमाडौं



लोकप्रिय निर्देशक स्व. दीपक रायमाझीको ड्रिम प्रोजेक्ट फिल्म डेस्टिनेसन काठमाडौं आगामी चैत्र २ गते अलनेपाल रिलिज हुने भएको छ।

जनपुकार मिडिया हाउसको ब्यानरमा शरद् अधिकारीले निर्माण गरेको फिल्म पु¥याउनुका साथै देशको राजनीति परिवेशले पारेको प्रभावको विषयमा केन्द्रित रहेको छ। यो फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा प्रदर्शन गर्ने सपना निर्देशक रायमाझीको थियो। तर, फिल्म निर्माण कार्य सम्पन्न हुनअघि नै उनको असमायिक निधन भएको थियो। निर्माण पूरा भई विदेशका विभिन्न स्थानम विशेष प्रदर्शन गरिएको फिल्म स्वदेशमा भने चैत्र २ गते रिलिज हुन लागेको हो।

निर्देशक रायमाझीको निधनपछि निर्देशक मधुसूदन भट्टराईको कार्यकारी निर्देशनमा पूरा भएको फिल्ममा दिलीप रायमाझी, झरना थापा, सहारा मावबे, केशव भट्टराई, विक्रम मल्ल ठकुरी, रवि गिरी, विकास चापागाईं, नरेन्द्र थापा, रामचन्द्र अधिकारी, रश्मी भट्ट, रोशनी सापकोटा, बालकलाकार सृजेश अधिकारी, सत्यम् अधिकारी र युनिशा लामिछाने प्रमुख भूमिकामा अभिनय गरेका छन्। राजु थापा र सौरभ लामाले खिचेको फिल्ममा निखिल विश्वास, रमेश खड्का र राजन तिमिल्सिनाको संगीत छ।

प्रतिक्रिया दिनुहोस्