चीनको तीव्र सैन्य विकाश, अमेरिकाका लागि चुनौती बन्दै



बेइजिङ, (एजेन्सी)
चीनको सेनाको आधुनिकीकरण विश्लेषकहरूको अनुमानभन्दा अत्यन्त तीव्र गतिमा भइरहेको छ। इन्टरनेसन इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज अर्थात आईआईएसएसका विशेषज्ञले अब अमेरिकाले आफ्नो सेनाको तुलना रुससँग नभई चीनसँग गर्ने बताएका छन्।

विशेषगरी चीनको नासेना र वायुसेना अमेरिकालाई टक्कर दिने तयारीमा छन्। यद्यपि स्थलसेनाको कुरा गर्ने हो भने अमेरिका अहिले पनि विश्वभरिमा आफ्नो तुलना रुससँग नै रहेको ठान्छ।

विगत केही वर्षमा चीनको सेनामा कायापलट हुन गइरहेको छ। चीनको सेना पहिला पनि विश्वका सबैभन्दा शक्तिशाली सेनामध्येमा पर्छ तर चीन आफ्नो मुख्य प्रतिद्वन्द्वी रुसी फौज नै भएको मान्दै आइरहेको थियो।

सन् १९५९ देखि विश्वभरि देशमा सैन्य तयारीमा हुने गरेको खर्चमा निगरानी गर्दै आइरहेको संस्था आईआईएसएसका विशेषज्ञहरूको यो राय होइन, अन्य विज्ञहरूले पनि त्यस्तै धारणा राखेका छन्।
विशेषज्ञहरूले चिनियाँ सेनाको आधुनिकीकरण र प्राविधिक दक्षताको कुनै तुलना नभएको बताएका छन्।

चीनले हालै हासिल गरेका उपलब्धिहरूमा उसको लामो दूरीसम्म प्रहार गर्न सक्ने क्षेप्यास्त्रदेखि पाँचौं पुस्ताका लडाकू विमानसम्म पर्छन्। गत वर्ष चीनले समुद्रमा आफ्नो ताकत बढाउन सैन्य बेडा टाइप ५५ क्रुजर तैनाथ गरेको थियो।

चीनले अर्को एउटा विमानबाहक युद्धपोत तयार गरिरहेको छ र सैन्य कमान्डको आफ्नो पूर्ण संरचना पनि बनाइरहेको छ। उसले त्यस्तो सैन्य मुख्यालय निर्माण गर्ने प्रयास गरिरहेको छ, जसमा सेनाका सबै शाखा संलग्न रहोस्।सन् १९९० को दशकमा चीनले सैन्यशक्ति विकास गर्न रुसबाट प्रविधि हासिल गरेको थियो। त्यसपछि चीनका नौसेनाले पनडुब्बिको संख्या बढाउने फैसला लिएका थिए।

चीन आफ्नो हवाई शक्ति बढाउन आफ्नो सैन्य दस्तामा अर्को लडाकू विमान संलग्न गर्न तयार छ। चीन सरकारले जे–२० विमान चाँडं नै सीमारक्षा गर्नमा परिचालन हुने बताएको छ।

यद्यपि जे–२० को मारक क्षमतालाई लिएर आईआईएसएसका विज्ञहरूले आशंका व्यक्त गरेका छन्। यसैवर्ष प्रकाशित आईआईएसएसको प्रतिवेदनमा भनिएको छ– ‘चीनको वायुसेनालाई अहिले पनि उक्त नयाँ जेटलाई निरन्तर विकशित गर्न आवश्यक छ ता कि चौथो पुस्ताको यो लडाकू विमानलाई पाँचौ पुस्ताको लडाकू विमान बनाउन सकून्।

चीनको विकाश कसैबाट लुकेको छैन। उसले यो जेटलाई आफ्नो वायुसेनामा संलग्न गर्न सक्छ। यसले उसलाई आकाशबाट आकाशमै मार हान्ने क्षेप्यास्त्रको मारक क्षमतामा पश्चिमी देशसँग समान बनाउँछ।चीनले आकाशबाट आकाशमै मार हान्ने क्षेप्यास्त्रको विकास गरिरहेको छ। यसले ट्यांकर र कमान्ड एन्ड कन्ट्रोल युद्धक विमानलाई ध्वस्त पार्न सक्छ।

चीनले सन् २०२० सम्ममा यसप्रकारका क्षेप्यास्त्र तयार गरिसक्ने विज्ञहरू बताउँछन्।

चीनले सेनाको यान्त्रिकीकरणका लागि सन् २०२० लाई लक्ष्य बनाएको छ। यसलाई चीनले इन्फर्मेसनको संज्ञा दिएको छ। यो शब्दको अर्थ स्पष्ट हुन सकेको छैन तर चीन युद्धमा इन्फर्मेसनको भूमिकाको लगातार निगरानी गरिरहेको छ।

चीनले आफ्नो सेनालाई अत्याधुनिक बनाउने मात्र लक्ष्य लिएको छैन। उसले विश्वमा सैन्य सामाग्री बेच्न पनि चाहेको छन्। यस मामिलामा पनि ऊ अमेरिकालाई पछाडि पार्न चाहन्छ। चीनले अमेरिकाको निकट नरहेका देशहरूलाई नै सैन्य प्रविधि निर्यात गर्नेछ। चीनले आफ्नो ड्रोन प्रविधि धेरैभन्दा धेरै देशलाई बेच्ने मनसाय राखेको छ।

तर अमेरिकाले आफ्नो ड्रोन टेक्नोलोजी कुनै पनि देशलाई दिन अस्वीकार गरेको छ। नेटोमा अमेरिकाका सहयोगी बेलायत र फ्रान्स यो विषयमा अपवाद हुन्। चीनले ड्रोन निर्यातलाई लिएर कुनै नीति बनाएको छैन। उनले विश्वभरि नै सैन्य प्रदर्शनहरूमा आफ्नो ड्रोनको प्रदर्शन गरेका छन्। आईआईएसएसका अनुसार चीनले इजिप्ट, नाइजेरिया, पाकिस्तान, साउदी अरेबिया र म्यान्मारलाई ड्रोन बचेको छ।

चीनको सामानको गुणस्तरतालाई लिएर राम्रो मान्ने गरिँदैनथ्यो। तर अहिले आएर चीनको हतियार अमेरिका र अन्य पश्चिमी देशको गुणस्तरमा मात्र नभई मुल्यमा पनि पछाडि पारिरहेको छ।
चीनले यस्ता ७५ प्रतिशत हतियार पश्चिमी देशको तुलनामा आधा मुल्यमा बेच्ने गरेको र त्यसको प्रविधि पनि पश्चिमी देशकै हाराहारीको दावी गरेको छ।

प्रतिक्रिया दिनुहोस्