विश्वकप हेर्न ‘कोक खाम, रसिया जाम’



????????????????????????????????????

नेपाल समाचारपत्र
काठमाडौं
फिफा विश्वकप प्रत्यक्ष हेर्न कोकाकोलाले मंगलबार ‘कोक खाम, रसिया जाम’ अभियान सार्वजनिक गरेको छ। ‘कोक खाम, रसिया जाम’ अभियानअन्तर्गत ४० जना भाग्यशाली विजेताले आगामी जुनमा रसियामा हुने फिफा विश्वकप फुटबल प्रत्यक्ष हेर्न जान पाउने अवसर पाउनेछन्। सो योजनाअन्तर्गत कोकाकोलाको भाग्यशाली उपभोक्ताले सम्पूर्ण खर्चसहित विश्वकप हेर्ने मौका पाउनेछन्।

कोकाकोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले कोकाकोलाको यो अहिलेसम्मकै सबैभन्दा ठूलो क्याम्पेन रहेको बताउँदै ४० जना भाग्यशाली विजेताले यो अवसर पाउने बताए। उनले भने– ‘यो निकै ठूलो क्याम्पेन हो र यसमा १२ हजार ६ सय विजेताले फिफाको लोगो अंकित विशेष उपहार पनि जित्न सक्नेछन्।’ यो योजना गत संस्करणको विश्वकपमा भन्दा १० गुणाले बढी हो। सन् २०१४ को विश्वकपमा कोकाकोलाको योजनाअन्तर्गत ४ जनाले मात्र विश्वकप प्रत्यक्ष हेर्ने मौका पाएका थिए।

यस्तै प्रत्येक दिन २ सय उपभोक्ताले आकर्षक पुरस्कार जित्न सक्नेछन्। फिफा लोगो अंकित विशेष उपहारहरू स्पिकर, हेडफोन, पेनड्राइभजस्ता उपहार जित्न सक्नेछन् भने प्रत्येक दिन २ जनाले २४ इन्चको टेभिलिजन पनि पाउन सक्नेछन्। उक्त योजना अप्रिल १५ सम्म सञ्चालन हुनेछ। यो ३ सय एमएल, ५ सय एमएल, १ लिटर, २ दशमलव २५ लिटर, फ्यान्टा अरेन्ज, फ्यान्टा लेमन, स्प्राइट र कोक जिरोमा लागु हुनेछ। यो क्याम्पेनमा १८ वर्ष पूरा गरेका नेपाली नागरिकले भाग लिन पाउनेछन्।

यसैगरी बोटलर्स नेपालका प्रबन्ध निर्देशक पुनित बार्श्नेले नेपालमा हुन लागेको यो अहिलेसम्मको ठूलो क्याम्पेन रहेको बताउँदै फुटबल जस्तो विश्वचर्चित खेलसँग जोडिन पाउँदा धेरै खुसी लागेको बताए।

प्रतिक्रिया दिनुहोस्