हैजाले फिलिपिन्समा १० जनाको मृत्यु



मनिला । फिलिपिन्सको दक्षिणी क्षेत्रमा पर्ने बालाबाकमा हैजाका कारण कम्तीमा १०  जनाकाे मृत्यु भएको छ ।

पहाडी क्षेत्रमा पर्ने त्यस ठाँउमा हैजाले मरेका मध्ये एक जना ११ महिने बालक पनि रहेको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । बालाबाकमा दुई महिनादेखि हैजा फैलिएको छ । त्यस क्षेत्रमा दुई सय जना भन्दा बढी हैजाले प्रभावित भएका छन् ।

दूषित पानीको प्रयोग र सरसफाईको कमीले हैजा फैलिएको अधिकारीहरुले बताएका छन् । सन् २०१७ को सेप्टेम्बर महिनामा पालावानमा पनि यस्तै हैजा फैलिएको थियो । त्यतिबेला चार जनाको मृत्यु भएको थियो । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्