प्रहरीले स्कटिङ गरेको गाडीमा तोडफोड



सरिता चलाउने, सल्यान ।
बन्दको अवज्ञा गरेको भन्दै सल्यानमा प्रहरीले स्कटिङ गरेको गाडीमा प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् ।

काठमाण्डौँबाट रुकुम जाँदै गरेको यात्रुबहाक बसलाई राप्ती राजमार्ग अन्तरगत जलेखर्क बजार नजिकै बन्दकर्ताले तोडफोड गरेका हुन् । बाँङगेलाखुरीबाट प्रहरीले स्कटिङ गरेर लगेको अबस्थामा जलेखर्क नजिकै तोडफोट भएको स्थानिय व्यापारीहरुले बताएका छन् ।

यता ईलाका प्रहरी कार्यालय बाँगेलाखुरीले बसमा सामान्य तोडफोड भएको बताएको छ । अहिले घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।

देशभरी जस्तै सल्यानमा पनी आज बजार, कलकारखाना, यातायात, शैक्षिक संस्था रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्