वीरगञ्जका आन्दोलनकारी र प्रदेश सरकारबीचको वार्ता निष्कर्षविहीन



कृष्णउदास खनाल, वीरगन्ज ।

प्रदेश नम्बर २ को राजधानी वीरगन्जलाई बनाउने माग राखेर आन्दोलन गरिरहेको संर्घष समिति र सरकारी वार्ता टोलीबीचको वार्ता बिनानिश्कर्ष टुुगिंएको छ ।

प्रदेश सरकार र संघर्ष समितिबीच मंगलबार विहान वीरगन्जमा भएको पहिलो वार्ता विना निश्कर्ष टुंगिएको हो ।
वार्तामा प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए । यद्यपी संघर्ष समितिले आफ्नो अडान यथावत राखेपछि वार्ता निश्कर्षमा पुग्न नसेको बार्तामा सहभागी नेताहरुले बताएका छन् । संघर्ष समितिका सह संयोजक राजकुमार गुप्ताले सरकारी टोलीले माग पूरा गर्न सक्ने खालको नरहेको बताएपछि वार्ता निश्कर्षमा पुग्न नसकेको जानकारी दिए ।

आन्दोलन स्थगित गर्न सरकारी टोलीे आग्रह गरेपनि आफूहरुले सो कुरा अस्वीकार गरेको संघर्ष समितिका संयोजक एवम् कांग्रेस नेता सुरेन्द्र चौधरीले पत्रकारहरु समक्ष बताए । मुख्य मन्त्री लालबाबु राउतले संघर्ष समितिसँग वार्ता गर्ने जिम्मा मन्त्री सोनललाई दिएका थिए ।

मन्त्री सोनलले वार्ता सकारात्मक भएको र संवादलाई निरन्तरता दिने सहमति भएको जानकारी दिए ।वार्तामा संर्घष समितिका तर्फबाट संयोजक एवं पूर्वमन्त्री सुरेन्द्र चौधरी, सहसंयोजक राजकुमार गुप्ता, बसरुदिन अन्सारी, शम्भु गुुप्ता, अरबिन्द गुुप्ता, मनोज चौधरी, बाबुराम कौशिक लगायत वार्तामा बसेका थिए ।

वीरगन्जलाई २ नम्बर प्रदेशको राजधानीको माग गर्दै बिगत करिब ४० दिनदेखि स्थानीय घण्टाघरमा रिले अनसन जारी राखिएको छ । आन्दोलनकै क्रममा सरकारले जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्