बेंसीशहर महोत्सवमा गीतकै रन्को



लमजुङ, (नेस)। जिल्ला सदरमुकाममा जारी दोस्रो बेंसीशहर महोत्सवको पाँचौं दिन शुक्रबार ज्योति मगरसहितका कलाकार तथा चौथो दिन रामजी खाँडका साथमा लमजुङबासी रमाए।

महोत्सवमा बेंसीशहर–७ की सफिया गुरुङले नाचेर दर्शकको मन जितेकी छन्। ज्योति मगरले पिरतीमा दम छ, सुर्खेत बुलबुले, उही मुलाको सिन्की उही मुलाको चनासहितका आधा दजर्न गीतमा गाएर आफू पनि नाच्दै दर्शकलाई नचाइन्। यसै गरी, मौलिक लोकसंस्कृतिमा आधारित गीत रचना गरी गाउने राजेन्द्र शिवाकोटीले सुर्के थैली, चेप्टे चप्टे पारुको गीत गाउनुका साथै ज्योति मगरका साथ दोहोरी गाए।

त्यस्तै रामजी खाडले आधा दर्जन बढी गीतबाट दर्शकलाई मन्त्रमुग्ध बनाए। उनले फूल फुलेर पहेंलै, सरसर मैतिर सर बसौला पिरती लाएर, झिमझिम परेली, मन परेको मान्छेको नाम दिलमै लेखिन्छ जस्ता गीत गाएका थिए। त्यसबाहेक लमजुङे चेली एवं लोकगायिका शान्ति सुनार, राजेश बर्देवा, निशा लामालगायतले पनि गीत गाएर मनोरञ्जन दिएका थिए भने मेनुका पौडेलको आधुनिक गीतलाई पनि धेरै दर्शकले मन पराए।

प्रतिक्रिया दिनुहोस्