जीवन के हो ? जीवन के हो ?



सुख र दुःखको फूलबारी हो जीवन
फूलैफूलको संगम हो जीवन
काँडाबीचको फूल हो जीवन
न फूल हो जीवन न काँडा
जीवन केवल सुगा बस्ने पिँजडा हो
जीवन सम्पन्नशाली मान्छेको लागि
फूलैफुलको सुगमता पनि होला तर
जीवन संघर्ष पनि हो उत्कर्ष पनि
सफलता पनि हो जीवन असफलता पनि
अरू केही हैन जीवन निष्कर्ष हो
सुख हो जीवन दुःख पनि
सबलता अनि दुर्बलता
सबै समेटिने जीवन नै हो
समग्रमा एउटा प्रयोगशाला हो जीवन
–उज्वल अधिकारी
मन्थली–२, रामेछाप

प्रतिक्रिया दिनुहोस्