धेरैलाई चासो छ



बहालवाला प्रधानमन्त्रीको राजीनामा र नयाँ प्रधानमन्त्री नियुक्ति सम्भवतः मुलुकले पहिलो पटक एकै दिनमा पाएको छ।

यसअघि चर्चामा रहेका एमाले नेता ओलीलाई मुलुकले फेरि प्रधानमन्त्रीका रूपमा पाएको छ। देउवाले राष्ट्रपतिलाई राजीनामा बुझाएलगत्तै उनै राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी छिन्।
राष्ट्रपति कार्यालयलाई पनि देउवालाई ‘बाई बाई’ र ओलीलाई ‘हाई हाई’ गर्न कति हतार भएको रहेछ भन्ने कुरा सो कार्यालयले जारी गरेको विज्ञप्तिले प्रस्ट्याएको छ। हैन भने हेरौं त विज्ञप्तिमा उल्लेख भएको मिति।

त्यति मात्रै कहाँ हो र, ओलीले शपथ लिनुभन्दा दुई⁄अढाइ घण्टाअघि नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइट परिवर्तन भइसकेको थियो।

वेब साइटमा दिउँसै ओलीको फोटो पोस्टिएर सम्माननीय प्रधानमन्त्री उल्लेख गरिएको धरहराले देख्यो। अब ओली सरकारको गतिविधिले पनि ठूलै छलाङ मार्न हतार गर्ने हो कि? धेरैलाई चासो छ।

प्रतिक्रिया दिनुहोस्