क्याम्बोडियामा पोर्नोग्राफी काण्ड



नोमपेन्ह, (एजेन्सी)
पोर्नोग्राफी तयार गरेको अभियोग लगाइएका १० जना विदेशीमध्ये ७ जनालाई सोमबार क्याम्बोडियाले सम्बन्धित राष्ट्रसमक्ष सुपुर्दगी गरेको छ। क्याम्बोडियाको उत्तर पश्चिमी क्षेत्रको सीएम रिपमा आयोजित एक पार्टीमा यौन सम्पर्क गरेको हाउभाउसहित खिचिएका तस्वीरहरु सार्वजनिक भएपछि गत जनवरीमा यस समूहलाई प्रहरीले गिरफ्तार गरेको थियो।

तिनीहरूमध्ये संयुक्त अधिराज्य, न्युजिल्यान्ड र क्यानाडाका ७ जनालाई गत साता जमानतमा रिहा गरिएको हो। बेलायत, नर्वे र नेडरल्यान्डका अन्य ३ जनाविरुद्ध भने सो अवैध पार्टी आयोजना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ।

तर ती दसैजनाले आफूविरुद्ध लगाइएको अभियोग अस्वीकार गरेका छन्। जमानतमा उल्लेख गरिएको बेहोराबमोजिम सुपुर्दगी गरिएका ती ७ जनालाई भविष्यमा कहिल्यै पनि क्याम्बोडिया नफर्कन अदेश दिइएको छ।

साथै तिनीहरूमाथि लगाइएको अभियोग भने अझै फिर्ता नलिइएको सरकारी सूत्रले जनाएको छ। एउटा अज्ञात समूहले सञ्चालन गरेको वेबसाइटमा पौडी पोसाक र अन्य पोसाकमा रहेका थुप्रै दम्पतीले भुइँमै बसेर यौन क्रियाकलापको हाउभाउसहित खिचिएका तस्वीर पोस्ट गरेका थिए।

ऐतिहासिक आँगकोरबाट खण्डहर जाने द्वारका रुपमा चिनिने सीएम रिप शहर क्याम्बोडियाको प्रमुख पर्यटकीय आकर्षण हो। ब्याकप्याकरका लागि पनि उत्तिकै लोकप्रिय सो स्थलमा विगत केही वर्षयता रात्रि जीवनको चहलपहल बढ्दै गइरहेको छ।

विशेष गरी युरोपतिर बाल यौनदुराचारीहरुले बालबालिकालाई ललाई फकाई तिनीहरुको अश्लील तस्वीर र भिडियो बनाई वेबसाइटमा राख्ने घटना प्रहरीले समय समयमा सार्वजनिक गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्