च्याम्पियन्स लिगमा पिएसजी र रियलको भिडन्त रोमाञ्चक हुने अपेक्षा



एजेन्सी, फबरुवारी चौँध, बुधबार भ्यालेन्टाईन डे भनिएको छ । सबैलाई प्रेमिल दिवस मनाउने धुनमा छन् । तर फुटबल प्रेमी भने बर्नबेउ स्टेडियममा पुग्ने छन् । भ्यालेन्टाईन डे मनाएर बिहीबार राती च्याम्पियन्स लिगको प्रतिष्ठित खेल स्पेनिस जायन्ट रियल मड्रिडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनलाई स्वागत गर्दै छ । क्र्वाटरफाईनल प्रवेशको लागि पहिलो लगेको भिडन्त भने रियलको मैदानमा हुने छ भने दोस्रो लेग भने पिएसजीको मैदानमा रियल खेल्न जाने छ ।

भ्यालेन्टाईन डे भन्दा पनि अझ रोमाञ्चक

रियल र पिएसजीको खेलले सबैको ध्यान खिचेको अवस्था छ । प्रसिद्ध मात्रै नभई सर्वाधिक महंगा खेलाडीको रुपमा रहेको नेयमार फेरी एकपटक बर्नबेउ आउँदै छन् । उनीसँगै एन्जिल डी मारिया, काभानी र एम्बाप्पेको जोडी पिएसजीको जर्सीमा उत्रिने छन् । यता स्पेनिस ला लिगामा खराब लयबाट गुज्रिरहेको रियल मड्रिडले आफनो आलोचकको मुख बन्द गर्न तर्फ उद्दत देखिने छ । रोनाल्डो, गारेथ बेल, करिमा बेन्जिमा, इस्को मात्रै नभई कप्तान सर्जिया रामोस पनि च्याम्पियन्स लिगमा जित्दै खराब लयबाट मुक्त हुने प्रयत्नमा छन् ।

यसरी दुवै उस्तै उस्तै मानिएका टिमको भिडन्त त्यो भेलेन्टाइन भन्दा पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ । त्यसै खेलप्रेमीहरुमा त झन उत्सुक्ता चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्