प्रहरीकै मिलोमतोमा मौलायो तस्करी



प्रहरी भन्छः बस्तुहरुको अबैध आयात निर्यात भएकै छैन

सञ्जय कार्की, रौतहट ।
भारत संग सिमा जोडिएको रौतहटको नाका भएर दैनिक बस्तुहरुको अबैध आयात हुँदै आएको छ । जिल्लाका प्रशासन र प्रहरी प्रमुखहरुले तस्करीको रुट ईजाजत दिएपछि तस्करीले तिब्रता पाएको हो ।
मुलुकमा राजनैतिक तरलताको फाईदा उठाउँदै प्रहरी प्रशासनको मिलोमतोमा रौतहटका कारोबारीले बस्तुको अबैध तबरले खुलेयाम आयात र निर्यात गर्दै आएका छन ।

भारत संग सिमा जोडिएको रौतहटको २६ किलोमिमटरको सिमा क्षेत्रको मुख्य नाका गौर बाहेक जिल्लाको ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, महादेवपटी, बकैया खोलाको वगर, बन्जरहा, औरैयाको मनमोहनद्धार, रामपुर खाप, नरकटिया, बंकुल, र सिमावर्ती वाराको कचोर्वा नाका भएर ठूलो परिमाणमा सामानहरुको तस्करी बढेको छ । प्रहरी प्रशासनहरुले तस्करीको कारोबारीहरु संग आर्थीक लाभ लिएर पिकअप भ्यान, मिनी ट्रक, मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर लाखौ मूल्यका बस्तुहरु दैनिक नेपाल भित्रयाईरहेका छन ।

नेपालबाट सुपाडी, मरिच, सुकमेल, लोवाँग, फेयर एण्ड लभली, शिखर चुरोट, पान मसला गुटखा, मदिरा, डिजेल पेट्रोल लगायतका सामानहरु उक्त नाकाहुदै भारत तर्फ निर्यात हुदै आएको छ भने सिमापारी भारतबाट सिमेन्ट, साडी, सर्टपाइन्टको कपडा, रेडिमेट लेडिज सुट, पारचुनका सामान, मोटरपार्टस, चिनी, चामल, दाल लगायत दैनिक उपभोग्यका सामग्री सहित हार्डवेयरका सामान, स्पेयर पार्टस, स्टिल र प्रतिबन्धित कुखुराको चल्ला, लागु औषध सहितका सामानहरु आयात हुने गरेको जानकारहरु बताउछन ।

गौर भन्सार कार्यालयले आर्थिक बर्ष २०७४÷०७५ को लागी १७ करोड ४४ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएपनि यस आर्थीक बर्षको पौष मसान्त सम्ममा ५ करोड २२ लाख मात्र राजस्व संकलन गरेको छ । यस बाट समेत रौतहटमा भित्रिने बस्तुको भन्सार राजश्व छलि हुने गरेको प्रस्ट हुन्छ । गत आर्थिक बर्षमा नाकाबन्दि र आन्दोलको प्रभाब हुदा समेत लक्ष्य भन्दा २३ प्रतिशत बढी राजस्व संकलन गरेको गौर भन्सार कार्यालय रौतहटले यस बर्ष भने तस्करी बढेकै कारण राजश्व संकलन प्रभाबित भएको हो ।

गत साउन देखिको पौष मसान्त सम्मको छ महिनाको अबधिमा ७ करोड ८० लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको भएतापनि २ करोड ५८ लाख राजश्व रकम संकलन कम भएको छ । राजश्व छलीको कारोबार बढेपछि भन्सार राजश्व असुलीमा समेत प्रभाबित भएको छ । रौतहटको सबै बजारमा राजश्व छलीका सामानको बिक्री हुदै आएपनि उपभोक्ताले चर्को मुल्य तिरेर खरिद गर्न बिबश रहेका छन ।

भारतीय बजार बाट भन्सार छलेर कारोबार गर्नेमा सन्तपुर दोस्तिया घर भई हाल गौरको विपी चोकमा मोटरसाइकल वर्कसप संचालन गरेका संजय यादव, कोपवाका मोतिम मिया, लक्ष्मिपुर बेलविछवाका ब्रम्हदेव यादव, शुरेश यादव, विजय कुश्वाहा, सरमुजवाका उमाशंकर जयसवाल, सुनिल जयसवाल, भारत चैनपुरका मुन्ना जयसवाल, सन्तोष चौधरी, रंजय यादव, विरेन्द यादव, लक्ष्मी यादव तथा स्थानीय तहमा निर्वाचित वडा सदस्यहरु समेत रहेको स्थानीयहरुको दाबी रहेको छ ।

प्रहरी उपरिक्षक यज्ञबिनोद खरेलले बस्तुहरुको अबैध आयात निर्यात नभएको संचारकर्मी लाईबताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्