बेरोजगार बर्गीकरण



नेपाली सेनाले रिक्त रहेका अधिकृत क्याडेट भर्नाका लागि यस वर्ष आवेदन आह्वान गर्यो। गत भदौ २७ र पुस ९ गते २ पटक सो पदपूर्तिका लागि भर्ना आह्वान गर्दा ५ हजारभन्दा बढिले आवेदन पनि दिए। विभिन्न कोटामा ८३ जनाका लागि भर्ना खुलाइएको थियो।

लिखित परीक्षामा ठूलो संख्यामा बेरोजगार युवा सहभागी भए तर उत्तीर्ण भने १८ जना मात्रै भए। आवश्यक कोटाभन्दा धेरै थोरै मात्र लिखितमा उत्तीर्ण भएपछि अब जागिर पक्का पक्की भन्दै ढुक्क हुनेहरू तब छक्क परे जब ९ जना मात्रै अन्तिम छनोटमा परे। ८३ कोटामा एक जना पनि महिला छनोटमा परेनन्। त्यस्तो खबर थाहा पाउँदा धरहरा झनै छक्क पर्या छ।

धरहरालाई प्रष्ट थाहा छ, मुलुकमा बेरोजगारहरूको संख्या हजारांै छ। तर आह्वान गरिएको कोटा र परीक्षामा नै उत्तीर्ण नहुनु भनेको त अचम्मै भएन र भन्या। हातमा प्रमाणपत्र हुँदैमा सबै अब्बल हुँदैनन् भन्ने कुरा यो घटनाले पुष्टी गरेको छ। नेपालको शिक्षा प्रणालीमाथि नै ठूलो कटाक्ष गरेन र ?

सरकार, त्यसैले हरेक वर्ष बेरोजगार कै संख्या थप्ने मात्र होइन, अल्छी बेरोजगारहरूको संख्या चाहिँ घटाउन योजना ल्याउनुपर्ने भयो। बेरोजगारलाई विशेष परीक्षा लिएर ए, वी, सी, डी लगायतका ग्रेडमा बर्गीकरण गर्ने कि !

प्रतिक्रिया दिनुहोस्