नामिबियाद्धारा नेपालसामु १३९ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आयोजक नामिवियाविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले कसिलो बलिङ गर्दै नामिबियालाई १३८ रनमा रोकेको छ । सन्दीपको लामिछानेको ४ विकेट तथा सोमपाल कामीको ३ विकेटले गर्दा नेपालको बलिङ केहि बलियो देखिएको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले कसिलो बलिङ नामिबिया १३८ रनमा अलआउट हुन पुगेको छ । सन्दीपको ४ विकेट तथा सोमपालको ३ विकेटले गर्दा नेपालको बलिङ केहि बलियो देखिएको छ ।

यसका साथसाथै नामिबियाले नेपाललाई १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । उत्कृष्ट बलिङ प्रदर्शन गरिरहेको नेपालले नामिवियाको आठौं विकेटसन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिदै नेपाललार्इ नवौं सफलता दिलाएका छन्। ३३अौं ओभरको अन्तिम बलमा सन्दीपले बीएम स्कोलेट्ज९१०लार्इ कप्तान पारस खड्काको हातबाट क्याच गराएका हुन्। डिभिजन दुइको पहिलो खेलमा नेपाल विरुद्ध नामिबयाले ३३ ओभरको खेल सकिदा १३५ रनमा ९ विकेट गुमाएको छ।

त्यसअघि नेपाललार्इ सुरुवाती दुर्इ विकेट दिलाएका सोमपाल कामीले खेलको ३२औ‌ ओभरमा जीर्इ ग्रिनलार्इ २२ रनमा बोल्ड पार्दै आठौै सफलता दिलाएका थिए।

शरद भेषावकरले नेपाललार्इ सातौं सफलता दिलाएका थिए। २६अौं ओभरको चौथो बलमा जोन निकोलस फ्राइलिंकलार्इ २२ रनमा शरदले विकेटकिपर दीलिप नाथबाट स्टपिङ गराएका हुन्।

सन्दीप लामिछानेले नेपाललार्इ छैटौ‌ सफलता दिलाएका थिए। सन्दीप लामिछानेले व्यक्तिगत दोस्रो विकेट लिदै नेपाललार्इ सफलता दिलाएका हुन्।

१७औ‌ ओभरको पाँचौ बलमा सन्दीपले नामिबियाका कप्तान सरेल वर्गरलार्इ पवेलिएन फर्काएका हुन्। वर्गर पहिलो बलमा खाता नै खोल्न नपाउँदै सन्दीपको बलमा एलबिडब्लुको सिकार भए।

त्यसअघि कप्तान पारस खड्काले आफ्नो पहिलो ओभरमा नामिबियाको पाँचौ विकेट खसालेका थिए। पारसले एमजी एरासमोसलार्इ खाता नै खोल्न नदिइ बोल्ड पारेका हुन्।

नेपाललार्इ चौथो सफलता सन्दीपले नै दिलाएका थिए। आक्रामक ब्याटिङ गरिरहेका कर्गजर्ज विलियम्सलार्इ उनले ३४ बलमा ४१ रन बनाएर खेलिरहेको अवस्थामा एलबिडब्लुको धरापमा पारेका थिए।

तेस्रो सफलता दिलाएका बसन्त रेग्मीले ९ रन बनाएर खेलिरहेका जेपी कोट्जेलार्इ आरिफ सेखको हातबाट क्याच गराएका थिए।

सुरुवाती दुइ विकेट सोमपाल कामीले लिएका हुन्। सोमपाल कामीले पाँचौ ओभरको दोस्रो बलमा ओपनर एसजे बार्डलार्इ विकेट किपर दीलिप नाथको हातबाट क्याच गराउँदै नेपाललार्इ दोस्रो सफलता दिलाए थिए भने पहिलो ओभरको पाँचौ बलमा एलपी भान डेरलार्इ बोल्ड पारेका थिए।

प्रतिक्रिया दिनुहोस्