भ्यालेन्टाइन डेलाई शिल्पीमा रोज



भ्यालेन्टाइन डेको अवसर पारेर यसको पूर्वसन्ध्यामा आज बिहीबारदेखि राजधानीमा प्रेमकथाले भरिपूर्ण नाटक मञ्चन हुने भएको छ।

म रोज शीर्षकको उक्त नाटक बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन हुन लागेको हो। नाटक अमेजन इन्टरटेन्मेन्टले प्रस्तुत गर्न लागेको हो।

कमल खतिवडाको लेखन तथा निर्देश्ँनको नाटकमा मोडल तथा अभिनेता दिक्पाल कार्की, मोडल तथा कोरियोग्राफर हिमानी सुब्बा, मन्जु श्रेष्ठ, केशव सापकोटा, गौरा राई, पवित्रा खड्का, खेमानन्द जैसी, ज्ञानिता नेम्वाङ, अभिषेक बोहोरा, करुणा श्रेष्ठ, विष्णु खड्कालगायतका कलाकारले अभिनय गर्नेछन्। नाटकमा अभिनय गर्नका लागि यी कलाकार पछिल्लो दुई साताभन्दा लामो समयदेखि कार्यशालामा व्यस्त भएका थिए। वियोगन्त प्रेमकथामा आधारित नाटक भोलि शनिबारसम्म मञ्चन हुने निर्देशक कमल खतिवडाले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्