मौरी पालनबाट ३० लाख आम्दानी



सरिता चलाउने, माघ । जिल्लाको कालिमाटी गाउँपालिका वडा न ३ झिगानेका लोकेन्द्र वलीले मौरी पालेर वार्षिक ३० लाख भन्दा बढि आम्दानी गर्दै आइ रहेका छन् । विगत एक दशकदेखि व्यवसायिक माहुरी पालन व्यवसायमा लाग्दै आएका वलीले वार्षिक मौरी पालन गरेर ३० लाख भन्दा बढि आम्दानी गर्दै आएका हुन ।

वलीले भन्नु भने मौरीको गोला र मह बचेर वार्षिक ३० लाख जति आम्दानी गर्दै आइरहेको छु । मह बेचेर वर्षमा सबै खर्च कर्टार ८ लाख कमाउने गरेको छु । राम्रो सिजन परेको बखत वर्षमा ७ क्विन्टलसम्म मह काढ्ने गरेको छु ।

प्रतिकिलो महको मुल्य ७ सय देखि साढे सातसम्म रहेको वलीको भनाई रहेको छ । यस्तै माहुरी सहितको गोला बिक्रि गरेर २५ लाख आम्दानी गरेको उनले बताए । एउटा मौरी सहितको गोला ४ हजारदेखि ५ हजारसम्मले बिक्रि हुने गरेको र यो वर्ष मात्रै ५ सय मौरी सहितको गोला विक्री गरेको उनको भनाई रहेको छ ।

सिजन राम्रो परेको बेला एक घारबाट एक पटकमा ५ देखि ७ किलोसम्म मह काड्न सकिन्छ ।स्थानीय सेरेना जातको मौरीबाट उत्पादित मह बिक्रि गर्न बजारको खोजी गर्नु नपर्ने उनको भनाई रहेको छ ।

मसँग अहिले स्थानीय सेरेना जातका ३ सय भन्दा बढि घार छन् उत्पादन भएको मह कहाँ बिक्रि गर्ने होला भनेर कुनै चिन्ता लिनु पर्दैैन घरमै आएर लिने गरेका छन् उनले भने । सेरेना जातको माहुरीको मह राम्रो हुने भएकाले स्थानीयले खोजी खोजी लाने गरेको वलीको भनाई रहेको छ । सल्यान, दाङ्ग, सुर्खेत, प्यूठानसम्म आफुले माहुरीको गोला पठाउने गरेको वलीले बताए ।

भर्खरैमात्र ६ क्विन्टल कात्तिके मह निकाले । मह निकालेको एक महिनामा नै ६ क्विन्टल मह बिक्रि भईसक्यो । कात्तिके महलाई औषधि हुन्छ भनेर पनि अन्य समयको मह भन्दा कात्तिके मह बढि माग हुने गरेको छ उनले भने ।

परम्परागत रुपमा मौरी पालन गर्दै आएका वलीले जिल्ला कृषि विकास कार्यालय सल्यानले मौरी सम्बन्धि तालिम दिएपछि व्यवसायिक रुपमा मौरी पालन गनै थालेका हुन । घर खर्च चलाउन कुनै गाह्रो नभएको बताउदै उनले मह बिक्रि गरेर आएको आम्दानीबाट घर नजिकै जग्गा किनेको समेत बताए ।

मौरी पालन गरेर जिल्लामै चिनिएका वली दुई पटक राष्टपति उत्कृट कृषकबाट सम्मानित समेत भई सकेका छन् ।

प्रतिक्रिया दिनुहोस्