कुनै अंग पुनः उमार्न सक्ने अनौठो जीव



लन्डन (एजेन्सी)
वैज्ञानिकहरू अहिले त्यसतो जीवको अनुसन्धानमा लागेका छन्, जसको प्राय सबै अंग नस्ट भएपछि पनि पुन पलाउने गर्छ। मेक्सिकन एक्सोलटर नामक उक्त जीव मेक्सिकोको तालहरूमा पाइने गरेको छ। यो जीव पानी बाहेक जमिनमा पनि रहन सक्छ। माउसुली जस्तो देखिने यो जीव आफ्नो अंग नस्ट भएपछि पनि पुन पलाउन सक्ने असाधारण क्षमताका लागि चिनिएको छ।

यदि यो जीवको कुनै अंग केहि गरि नरहेमा हप्ता भरीमा हाड, नसा र मांसपेसी सहित उक्त अंग पुन सोही स्थानमा पलाउने गर्छ। वैज्ञानिकहरूले एक्सोलटल आफनो डाढको हड्डीमा लागेको चोटलाई पनि निको पार्न सक्ने क्षमता राख्छ। यदि हड्डी भाँचिएको छैन भने त्यसले सामान्य रुपमा काम पनि गरको पनि पाइएकोछ। कुनै घाउको खोट नरहने गरि निको पार्ने र रेटिनालाई पनि ठिक गर्न सक्छ।

यो जीव लोप हुने खतरामा परेको जीवहरूको सुचीमा परेको छ। यद्यपी यो जीव सजिलै प्रजनन गर्न सक्ने भएको वैज्ञानिकहरू बताउँछन्।
यसको विलक्षण क्षमताका कारण विगत १ सय ५० बर्ष देखि नै वैज्ञानिकहरूले प्रयोगशालामा उक्त जीवलाई उन्नत बनाउन काम गरिरहेका छन्। उनीहरू उसको असाधारण जैविक क्रियाका बारेमा पत्ता लगाउने काम गरिरहेका छन्।

वैज्ञानिकहरूको एक अन्तराष्टिय टोलीले एक्सोलटलको अर्को रहस्य पनि खोजेका छन्। यो जीवमा मानवको भन्दा धेरै जिन समुह (जिनोम) पाइएको छ। यो जीवको ३२ अर्ब डिएनए जोडी रहेको छ, जुन मानको तुलनामा १० गुणा धेरै हो।

नेचर पत्रिकामा प्रकाशित एक सोधमा भनिएको छ– यो खोज अंगको पुनर्जन्ममा गहिरो अध्ययन गर्नेहरूका लागि महत्वपुर्ण प्रमाणित हुनेछ।
भियनाको रिसर्च इन्स्टिच्युट अफ मोलेक्युलर प्याथालोजीका डाक्टर एली तानाकाले प्रयोगशालामा एक्सोलटलको संख्या बढाउने काम गरिरहेकी छिन्।

वैज्ञानिकहरूले अंग पुन उमार्ने प्रक्रियाका लागि जिम्मेवार कोशिकाको पहिचान गरिसकेका छन्। तर अंगको पुनर्जन्म प्रक्रियालाई विस्तार पुर्वक बुझ्नका लागि सोधकर्ताहरूले उक्त उभयचर जीवको जिनोमसँग सम्बन्धित जानकारी हासिल गर्नु आवश्यक हुन्छ। यो जीवको जिनोम संख्या अत्यन्त धेरै भएकोले अहिले सम्म त्यसतो जानकारी प्राप्त गर्न सम्भव भएको छैन।

प्रतिक्रिया दिनुहोस्