विकल्प यस्तो खोज्ने कि ?



एउटा संस्थामा कति जना अध्यक्ष रहन्छन् ? उत्तर सजिलो छ, ‘एक जना त हो नि।’ तर नेपाली खेल क्षेत्रलाई प्रतिनिधित्व गर्ने ओलम्पिक कमिटीमा २ अध्यक्ष छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटीमा जीवनराम श्रेष्ठ छन् भने राष्ट्रिय मान्यता प्राप्त कमिटीमा रुक्म शमशेर राणा रहेका छन्।

दुवैले आफूलाई आधिकारिक अध्यक्ष दाबी गर्दै आएका छन्। यस्तो दाबेदारी र विवाद निकै वर्षअघि देखिको हो। सर्वोच्च अदालतले राणा नेतृत्वको कमिटीलाई आधिकारिक मान्यता दिए पनि विवाद ज्यूँ का त्यूँ छ अर्थात् विवाद अझै सल्टिन सकेको छैन। आइतबार ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटी परिसर भित्र⁄बाहिर त्यस्तै रमिता देखियो।

राणा समूहले आफ्ना धारणा सार्वजनिक गर्न ओलम्पिक कमिटीमा पत्रकार सम्मेलन हुने खबर गरे। राणा समूहलाई सुरक्षाकर्मीले भित्र जान रोकेपछि पत्रकार सम्मेलन भवनबाहिर भएको देखियो। धरहराले बुझ्या भवनभित्र राणालाई ‘नो इन्ट्री’ रे। भवन अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बनाइदिएकाले त्यहाँ श्रेष्ठ नेतृत्वको हालीमुहाली मात्रै रहने रे।

राणा समूह भन्छ– ‘भवन पो अन्तर्राष्ट्रिय सहयोगमा बन्या हो, जग्गा त सरकारले नै दिएको हो, हक त राष्ट्रिय समूहको हुन्छ।’ विवाद यस्तै जारी रहने हो भने अब अन्तर्राष्ट्रिय अदालत गुहारे भयो। सर्वोच्चको निर्णय नै कार्यान्वयन नभएपछि जानुपरे न त अन्तर्राष्ट्रिय अदालत ।

प्रतिक्रिया दिनुहोस्