मल्पीलाई चौथो पटक एस कप



काठमाडौं, (नेस)
मल्पी इन्स्टिच्युटले सातौं एस अन्तर ए लेभल कलेजस्तरीय छात्र बास्केटबल प्रतियोगिताको उपाधिमाथि चौथो पटक लगातार आधिपत्य जमाएको छ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको फाइनल खेलमा मल्पीले द ब्रिटिस मोडेल कलेजलाई ७९–४४ ले पराजित गरेको हो। टोलीको जितमा मल्पीको जितमा शानदार प्रदर्शन गर्दै प्रसंगध्वज मास्केलले सर्वाधिक ३७ अंक योगदान गरे।

पहिलो क्वाटरमा २१–१० को अग्रता लिएको मल्पीले अन्तिमसम्म अग्रतालाई कायम राख्दै जित अन्तरलाई फराकिलो बनाउदै लगेको थियो। मल्पी दोश्रोमा १९–६, तेश्रोमा २०–१३ र चौथोमा १९–१५ ले अगाडि रहेको थियो। एसद्वारा आयोजित प्रतियोगितामा मल्पीकै प्रसंग ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। ब्रिटिसका जोएल घले उदीयमान खेलाडी घोषित भए।

प्रतिक्रिया दिनुहोस्