एपीएफले जित्यो महिला भलिबलको उपाधि



काठमाडौं, (नेस)
विभागीय टोली नेपाल एपीएफ क्लबले १३औं रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ। एपीएफले नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको कोर्टमा चिर परिचित प्रतिद्वन्द्वी शिवम् न्यु डायमन्ड एकेडेमीलाई हराउन त्यति मेहनत गर्नु परेन। एपीएफले लिग चरणको अन्तिम खेलमा न्यु डायमन्डलाई २५–१६, २५–१७, २५–१२ ले हराएको हो। यो नतिजासँगैं विजेता टोलीले ३ लाख २५ हजार र उपविजेताले १ लाख ७० हजार नगद पुरस्कार
प्राप्त गरे।

अन्तिम खेल हुन अगाडि एपीएफ र न्यु डायमन्डबीच एक अंकको भिन्नता थियो। एपीएफले लगातार दुई सेट जितेपछि नै न्यु डायमन्डको उपाधि जित्ने आशा तुहिएको थियो। एपीएफले १७ खेलबाट ५० अंक जोड्दा न्यु डायमन्ड ४६ अंकमै रोकियो।

प्रतियोगितामा न्यु डायमण्डका लिब्रो सलिना श्रेष्ठ लिब्रो र लिफ्टर कृपा अधिकारी, एपीएफका ब्लकर रेश्मा भण्डारी र प्रशिक्षक ज्ञानेन्द्र विष्ट, पुलिसकी क्वीकर कोपिला राना क्वीकर तथा टप्सकी सर्भर अरुणा शाही आ–आफना विधामा उत्कृष्ट भए। उनीहरू सबैले समान ५ हजार रुपियाँ पाएका छन्।

प्रतिक्रिया दिनुहोस्