कुनै बेला पुलमुनि भोकै सुत्थे जस्टिन



मनोज रेग्मी

वास्तविक नाम जस्टिन ड्रिउ बिबर भएका क्यानेडियन गायक, संगीतकार तथा अभिनेता जस्टिन बिबरको जन्म सन् १९९४ मालन्डन, ओन्टारियो, क्यानाडामा भएको थियो। बिबर निकै नै चर्चित गायक हुन् उनले आफ्नो फेसबुक पेजमा सर्वाधिक लाइक पाएका छन्। उनको ‘बेबि’ नामको गीत सर्वाधिक चर्चा बटुल्न सफल भयो। उनलाई त्यही बेबि नामको गीतले चर्चाको शिखरमा पुर्यायो जुन गीत अहिले विश्वका १० उकृष्ट गीतमध्ये पर्छ। बेबि गीतको भिडियो युट्युबमा पनि धेरै पटक हेरिएकोले युट्युबमा पनि चर्चित गीतमा पर्छ।

जस्टिन बिबर सफल हुनुका पछाडि स्कुटर बर्नको निकै ठूलो हात छ। सन् २००८ मा बिबरले युट्युबमा राखेको उनको भिडियो बर्नले हेरेका थिए। त्यही भिडियोबाट प्रभावित भएका बर्नले बिबरलाई अस्सरसँग भेट्ने व्यवस्था मिलाइदिए। त्यसपछि बिबर अस्सर र बर्नको ‘रेमन्ड बर्न मिडिया ग्रुप’ नामक संयुक्त कम्पनीमा अनुबन्धित भए।

सो कम्पनीमा अनुबन्धित भएपछि बिबरले एलए रिडको प्रस्तावमा आइल्यान्ड रेकर्डस्सँग रेकर्डिङ गर्ने मौका पाए। सन् २००९ मा बिबरको ‘वान टाइम’नामक एकल एल्बम निस्कएको थियो। जुन एल्बम क्यानडामा शीर्ष १० मा पर्न सफल भएको थियो भने अन्तर्राष्ट्रियस्तरमा शीर्ष ३० मा पर्न सफल भयो।

आफ्नो सांगीतिक प्रस्तुति दिन आएका जस्टिन बिबरलाई प्रक्राउ गरिएको थियो। त्यति मात्र नभई उनलाई चाइनाको एक शो मा ब्यान्ड पनि गरिएको थियो।

उनको सात ट्रयाक भएको माइ वल्र्ड एल्बम अमेरिकामा प्लाटिनियम प्रमाणित भयो भने उनी आफ्नो पहिलो एल्बमबाट सात वटा गीत बलिउड हट १००मा हुने पहिलो कलाकार बन्न पुगे त्यसपछि बिबरले ‘माइ वल्र्ड टुर’, ‘माइ वल्र्ड अक्सटकि’, ‘नेभर से नेभर द रिमिक्सेस’, नामक एल्बमहरू निकाले भने थ्री कन्सर्ट फिल्म पनि ल्याए। बिबरले दोस्रो स्टुडियो एल्बम ‘अन्डर द मसिलटो’ नामक एल्बम निकाले। जुन एल्बमले बलिउड २०० मा नम्मर एकमा डेब्यू गर्न सफल भयो।बिबरले थुप्रै मान सम्मान तथा पुरस्कार प्राप्त गरेका छन्

यसरी जस्टिन बिबरका चर्चाको विषयमा कुरा गरिरहँदा उनको बाल्यकाल पनि त्यस्तै सघंर्षशील छ जसलाई कसैले पनि यो अवस्थामा देख्दा कल्पनासमेत गर्न सक्दैनन्।

युवा गायक जस्टिन बिबर अहिले विश्वका सेलिब्रेटीबीच नाम र दामका एक ज्वलन्त उदाहरण हुन्। तर, जस्टिनको बाल्यकाल आजभन्दा ठीक उल्टो परिस्थितिमा गुज्रिएको थियो। उनी निकै गरिब र घरविहीन बालक थिए। संघर्षले केही वर्षमै उनलाई यस्तो उचाईमा ल्याइदियो कि उनको बाल्यकाल बुझ्नेहरू अहिले जिब्रो टोक्ने गर्दछन्।

अहिले जस्टिनको मासिक कमाइको हिसाब १ करोडमा हुन्छ। जस्टिन केही वर्षमै रोडबाट करोडमा पुगे। चर्चित हुनुअघि उनी सडकमा बास हन्थ्यो र उनी रातिमा खाली पेट कुनै पुलमुनि सुत्थे भन्ने पनि बाहिर आएको थियो।

अन्तर्राष्ट्रिय चर्चित पप स्टार जस्टिन बिबरले मुम्बईमा धमकेदार प्रस्तुति देखाए। उनको शो हेर्न ४५ हजार बढी दर्शक कन्सर्टमा पुगेका थिए।
एक पटक भारतमा एक शो गर्न आएका जस्टिनको चलचित्र बाहुबली प्रदर्शन हुँदा जति चर्चा थियो त्योभन्दा पनि बढी चर्चा भारतमा जस्टिन बिबरको भयो। उनलाई बाहुबली प्रभासको भन्दा पनि महंगो दाबी गरिएको छ।

जस्टिन बिबर शो मा ९० देखि १ सय करोड भारु खर्च भएको आयोजकले बताएका छन्। शोको सेटअपमा मात्रै २६ करोड भारु खर्च भएको बताइएको छ। तर, बाहुबलीलाई ५ वर्षमा जम्मा २५ करोड रुपियाँ दिइएको थियो।

एक पटक जस्टिन बिबरलाई लागूऔषध लिएर हिँडेको आरोपमा अस्ट्रेलियाली प्रहरीले प्रक्राउ गरेको गरेको थियो।

अस्ट्रेलियामा आफ्नो सांगीतिक प्रस्तुति दिन आएका जस्टिन बिबरलाई प्रक्राउ गरिएको थियो। त्यति मात्र नभई उनलाई चाइनाको एक शो मा ब्यान्ड पनि गरिएको थियो। उनका नराम्रा पक्ष जति धेरै छन् त्यति नै मीठो गीत गाएर स्रोतालाई मग्न बनाइदिने शक्ति उनमा छ।

 

प्रतिक्रिया दिनुहोस्