ट्राफिक प्रहरी र भाडा



ट्राफिक प्रहरी भन्नासाथ सवारी साधनको याद आउँछ धरहरालाई। नेपालमा सडकमा एकछिन ट्राफिक प्रहरी भएन भने जामले नेटो काट्छ।
सधैं ट्राफिक प्रहरी सिट्ठी फुक्दै जाम खुलाउनुपर्ने बाध्यता छ। चालकहरू सडकमा नियम उल्लंघन गर्न पाए अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा पनि शक्तिशाली भएको महसुस गरेको धरहराले देख्दै र भोग्दै आएको छ।

सार्वजनिक सवारी साधन चढ्ने मन्त्रीले पनि भाडा तिर्नुपर्ने चलन रहेको छ नेपालमा। तर ट्राफिक प्रहरीले भने युनिर्फम लगाएपछि भाडा नतिर्ने कदमको भने धरहराले नजिकबाट नियाल्दै आएको छ। देशका प्रधानमन्त्री, मन्त्री सबैले भाडा तिर्नुपर्ने तर ट्राफिक प्रहरीले भने भाडा नतिर्ने प्रवृत्तिलाई धरहराले निको मानेको छैन।

हैन ट्राफिक प्रहरीले पनि भाडा तिर्नुपर्ने होइन र भन्या? भाडा नतिर्नु भनेको त युनिर्फमको दुरुपयोग नै होइन र भन्या?

प्रतिक्रिया दिनुहोस्