अंशवापत ऋण लिएर अर्बपति



काठमाडौं, (नेस)
आफ्नो बुबाको खस्केको व्यवसायलाई पूर्ण नियन्त्रणमा लिएर देशकै सबैभन्दा उत्कृष्ट कम्पनी बनाउने कमै अर्बपति हुन्छन्। उनै कम व्यक्तिमध्ये मोहम्मद देवजीको नाम अग्रस्थानमा आउँछ। अमेरिकामा उच्चशिक्षा अध्ययन सकेर कडा परिश्रम गरी अग्रणी कम्पनी बनाउन देवजीले जे गरे त्यो सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छ। त्यसका लागि उनले बुबाबाट पाएका थिए।

सन् १९७५ मे ८ मा तान्जानियाको इपेब्वेमा जन्मेका देवजीको पूरा नाम मोहम्मद गुलाम अब्बास देवजी हो। हाल देवजी मेल्ट समूहको ७५ प्रतिशत सम्पत्तिका मालिक तथा त्यसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। ‘जे भन्छु त्यही गर्छु’ देवजीले व्यापार र उद्यमशीलतामा हात परेको सफलताको मूल मन्त्र हो। अदम्य आँट, अठोट अनि साहसकै कारण देवजीले सन् २००३ मा आफ्नो बुवाको मध्यमखालको व्यापारलाई पूर्ण नियन्त्रणमा लिएर मनग्य आम्दानी गर्दै तान्जानियाकै अग्रणी कम्पनी बनाउन सफल भएका हुन्।

विविध व्यापार, कृषि, ऊर्जा, पेट्रोलियम, वित्तीय सेवा, मोबाइल टेलिफोन, भौतिक संरचना र रियल इस्टेट, यातायात, लजिस्टिक र वितरणलगायत क्षेत्र गरी ३५ उद्योग हाल मेट्ल समूहमार्फत् सञ्चालनमा छन्।

जर्जटाउन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय व्यापार र वित्त विषयमा स्नातक गरेपछि देवजीलाई जागिरको कुनै समस्या थिएन। तर, उनले बुबाको कम्पनीको खराब अवस्था देख्न सकेनन्। त्यहाँबाट पढाइ सकेर उनी तान्जानिया फर्के अनि बुबाले स्थापना गरेको मोहम्मद इन्टरप्राइज तान्जिनिया लिमिटेड (मेट्ल) समूहमा सक्रिय भए। उनी सक्रिय भएको समय आर्थिक अवस्था ठीक नभएको मेट्लको देवजीले कम समयमै आफ्नो परिश्रमबाट कम्पनीलाई नाफामूलक बनाए।

मेल्ट समूहमा प्रवेश गर्नुअघि तथा स्नातकको पढाइ सकेलगत्तै देवजीले वाल स्ट्रिटमा काम थालेका थिए। त्यसवापत उनले वार्षिक रूपमा ६० हजार अमेरिकी डलर पाउँथे। तर, म्यानहटनमा घरको भाडा तिर्न यो रकम पर्याप्त भएन। केही महिना वाल स्ट्रिटमा काम गरेपछि देवजीले थप रकमका लागि बुबासँग आर्थिक सहयोगको मागे। त्यस ताका छोराले आफ्नो दुःख सुनाउँदा पनि बुबाले उनलाई थप आर्थिक सहयोग गर्न असक्षम रहे। उल्टै अमेरिका छोडर परिवारको व्यापारमा सहभागी हुन आग्रह गरे।

बुबाको निर्देशन मान्दै अमेरिकामा बसेर समय बर्बाद गर्नुभन्दा तान्जानियामै गएर उनले भविष्य सुनिश्चित गर्ने निर्णय गरे। त्यसबेला देवजीको उमेर २३ वर्ष मात्र थियो। सन् १९९९ मा एउटा व्यापारिक हाउसका रूपमा रहेको मेल्टको वार्षिक आम्दानी ३० मिलियन अमेरिकी डलर थियो। देवजीले काम शुरू गरेपछि समूहको नाफा उल्टै ओरालो लाग्न थाल्यो तर देवजी निराश भएनन्।

त्यसपछि नाफा अभिवृद्धि गर्ने सोचमा देवजीले उनले साबुनको आयात गर्ने अर्को व्यापार थाले। उनले साबुनको आफ्नै कारखाना स्थापना गर्ने सोच बनाए तर त्यसका लागि पनि उनका बुबाले आर्थिक सहयोग गरेनन्। किनकी उनका बुबा छोरो आफ्नै प्रयासबाट अघि बढोस् भन्ने चाहन्थे।

समस्यामा परेपछि उनले बुबाविरुद्ध अंश दाबी गरे। त्यसपछि बाध्य भएर उनका बुबाबाट १ मिलियन अमेरिकी डलर ऋण प्रदान गरे। सो समय उनी २९ वर्षका थिए। बुवाबाट पाएको रकमबाट उनले साबुन उत्पादन गर्ने उद्योग सञ्चालन गरे। त्यही उद्योग उनका लागि वरदान सावित भयो। साबुन बिक्रीबाटै मनग्य आम्दानी हुन थालेपछि अन्य उद्योग एकपछि अर्को गर्दै स्थापना गर्दै गए। अहिले उनको कम्पनीले उत्पादन गरेको कपडा, पिठो, पेय पदार्थ र खाद्य तेललगायत विविध सामग्रीहरूले पूर्वी, दक्षिणी र मध्य अफ्रिकामा एकछत्र रूपमा कब्जा जमाएको छ। यसैका कारण २ वर्षमै उनी धनाढ्य बने।

तान्जिनियामा निजी क्षेत्रबाट विकासमा योगदान पुर्याउने उनको समूह महत्वपूर्ण खेलाडीका रूपमा अग्रस्थानमा छ। उनको समूह स्थानीय रोजगारी र विभिन्न व्यापारिक सामग्री उत्पादनमा पूर्व र मध्यअफ्रिकामा पनि लोकप्रिय छ। खासगरी विविध व्यापार, कृषि, ऊर्जा, पेट्रोलियम, वित्तीय सेवा, मोबाइल टेलिफोन, भौतिक संरचना र रियल इस्टेट, यातायात, लजिस्टिक र वितरणलगायत क्षेत्र गरी ३५ उद्योग हाल मेट्ल समूहमार्फत् सञ्चालनमा छन्।देवजीले तान्जानियाको संसद् सदस्यका रूपमा दुई कार्यकाल पनि पूरा गरिसकेका छन्। त्यसयता उनले कोकाकोलाभन्दा सस्तोमा ‘मोकोला’ उत्पादनसमेत गर्दै आफ्नो व्यापार बढाएका छन्। उनको ‘मो देवजी फाउन्डेसन’ ले तान्जानियाका गरिब बालबालिकालाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ।

फोब्र्सका अनुसार उनको कुल सम्पत्ति १ अर्ब ५४ अर्ब अमेरिकी डलर रहेका छ। तान्जानियामा उनी व्यापारी र उद्यमी मात्रै होइन एउटा समाजसेवी र राजनीतिज्ञका रूपमा समेत लोकप्रिय छन्।

(विभिन्न एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्