व्यवसायिक तरकारी खेतीतर्फ आकर्षण बढ्दो



टंकराज अधिकारी, पोखरा ।

कृषिमा व्यवसायिकता तथा स्वस्थयकर तरकारी उत्पादनमा स्थानीय किसानलाई प्रोत्साहित गर्दै कृषि पेशा, जीवनशैली लगाएत विभिन्न क्रियाकलापलाई वातावरण मैत्री बनाउन माछापुच्छ«े विकास संघले पर्यावरणीय कृषि प्रवद्र्घनको लागि यु.एस.सि.क्यानडा र लिवर्डको आर्थिक सहयोगमा अन्नपूर्ण गाउपालिका वडा नं. ३ र ४ मा समुदायको उद्यमशीलताद्वारा पर्यावरणीय कृषि प्रवद्र्घन (पिस) परियोजना विगत ६ वर्षदेखि संचालन गरिरहेको छ ।

संघले सामुदायिक परिचालन मार्फत स्वास्थ्य र सरसफाई, संरक्षण, सहकारिता, सचेतना, सशक्तिकरण जस्ता क्षेत्रमा कार्य गर्दै दिगो आर्थिक र मानवीय संसाधन विकास, जैविक विविधता संरक्षणमा विगत २७ बर्षदेखि अनवरत रुपमा कार्य गर्दै आएको माछापुच्छे« विकास संघका कार्यकारी निर्देशक दिल बहादुर भट्टराईले जानकारी दिए ।

कृषि क्षेत्रमा कृषि समूह तथा समिति गठन गर्दै संघले पिस परियोजना अन्र्तगत सञ्चालन गरेको प्राङ्गगारिक तरकारी तथा कृषि उपज वृद्धि ल्याउन वीउ विजन वितरण, मलमुत्रको व्यवस्थापन गर्न भकारा सुधार तथा मलखाद व्यवस्थापन, जैविक मल, भिटामीन र विषादी बनाउने तरीका, कृषि जैविक विविधताको संरक्षण तथा उपयोगमा युवाहरुको संलग्नता बढाउन बजार व्यवस्थापन र कृषि सहकारी संस्थाको स्थापना र लगायतका क्रियाकलाप सञ्चालनले स्थानीय कृषकहरुको पोषण सुरक्षा र जिविकोपार्जनमा सुधार ल्याउन कोषेढुङ्गा सावित भएको माछापुच्छे« विकास संघका अध्यक्ष कृष्ण प्रसाद अधिकारी बताउछन् ।

स्थानीय कृषकहरुले समेत तरकारी किनेर खानु पर्ने विद्यमान अवस्थामा कार्यक्षेत्रका ५५० घरधुरीका कृषकहरुलाई प्रत्यक्ष रुपमा २३ वटा कृषक समूह तथा १ कृषि सञ्जाल पञ्चासे कृषि विकास समितिमा सहभागी गराउंदै कृषकको क्षमता तथा सचेतना अभिवृद्धि गर्दै प्राङ्गारिक उत्पादन वृद्धि गर्ने, वजारीकरण तथा संस्थागत विकासमा केही उपलब्धीहरु भएका छन् । यस क्षेत्रमा उपलब्ध जमीन झण्डै उपयोग बिहीन जस्तो भइरहेको र तरकारी किनेर खाने अवस्था रहेको सन्दर्भमा अहिले यहा प्रशस्त तरकारीका उत्पादनहरु आफुले उपयोग त गरिरहेकै छन् साथै बजार सम्म पु¥याएर बिक्रि बितरण गरी आय आर्जनमा समेत सुधार भएको पञ्चधाम कृषि विकास सहकारी संस्थाकी अध्यक्ष खिमकुामारी गुरुङ्गले बताउछिन् ।

दुई रोपनी जग्गामा अर्गानिक फार्म सञ्चालन गरेर टनेलबाट बाह्ैमास गोलभेडा र तरकारी उत्पादन गरेर बार्षिक ३ लाख सम्म आम्दानी गरि बच्चाबच्ची पढाउन र घर खर्च चलाउन सहज भएको प्रगतिशिल अर्गानिक कृषि समुहका अध्यक्ष दुर्गा पौडेल बताउछिन् ।

विभिन्न रासायनिक पदार्थको प्रयोगबाट यस क्षेत्रमा पर्ने नकारात्मक असरका वारेमा कृषकहरुलाई सचेत गराई ३३१ भन्दा वढि भकारा सुधार गर्दै खेर गइरहेका गाई वस्तुको मुत्र संलान तथा उपयोग गरिरहेका छन् । संघले मलखात सुधारको अभियान नै शुरु गरेर स्थानीय तहमा जैबिक झोल तथा गड्रयौलाको मल बनाएर उपयोग गर्नाले बालीमा लाग्ने रोगकिराको ब्यबस्थापनमा सहजता आएको कृषक सदाखर पौडेलले बताए ।

छोटो समयमा पर्यावरणीय ब्यवसायिक कृषिको कृषिमा नमुना यही बाट प्रभावकारी रुपमा शुरुवात भइरहेको छ । यद्यपि यस प्राङ्गगारिक खेतिको सम्भावना प्रचुर मात्रामा हुंदाहुंदै पनि अझै शिक्षित नयां पुस्ताका युवायुतिको आकर्षण कमै छ । प्रयाप्त मात्रामा विविधता युक्त तरकारी नियमित रुपमा हुन नसक्दा बजारको माग पुरा हुन सकेको छैन । यस अभियानलाई निरन्तरता दिन अझै स्थानीय रुपमा गठित कृषि सहकारिताको संस्थागत विकास हुन भने बांकी नै छ ।

यस अभियानलाई अन्य क्षेत्रमा समेत अनुकरण गर्दै सञ्जाल बनाउन सके यो अति राम्रो हुने लि–बर्डका कार्यक्रम कार्यान्वयन निर्देशक भरत भण्डारीेले बताए । सबैले मिलेर काम गर्न सकेमा एउटा राम्रो आम्दानीको श्रोत बन्न सक्छ अन्नपुर्ण गाउपालिकाका उपाध्यक्ष सगुन गुरुङ्गको भनाई रहेको छ ।

माछापुच्छे« विकास संघको आयोजनामा आयोजित एक दिने अनुगमन कार्यक्रममा लि वर्ड, कृषि बिकास कार्यालय, पशु बिकास कार्यालयका प्रमुखहरु सम्बन्धित वडा नं. ३ र ४ का वडा अध्यक्षहरु लगाएतका सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्