इंग्लिस प्रिमियर लिगः बाउर्नमाउथसँग चेल्सी हार्यो



लन्डन, (एजेन्सी) ।

बाउर्नमाउथले इंग्लिस प्रिमियर लिग अन्तर्गत खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सीलाई ३–० गोलअन्तरले हराउँदै स्तब्ध नतिजा निकालेको छ ।

बुधबार रातिको जितलाई बाउर्नमाउथका मेनेजर इडी होवेले उत्कृष्ट नतिजा समेत भनेका छन् । दोस्रो हाफमा कालम विल्सन, जुनियर स्टानीस्लास र नाथान अकेले गोल गरेर टोलीको जित पक्का गरेका थिए ।

बाउर्नमाउथले यसअघि शीर्ष टोलीलाई हराउने क्रममा २०१५–१६ मा म्यानचेस्टर युनाइटेड, गत सिजनमा लिभरपुल र लेस्टर सिटी तथा यसै महिनाको शुरुआतमा आर्सेनललाई हराएको छ ।

यसैगरी बुधबार राति नै भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटीले जित्दा म्यानचेस्टर युनाइटेडले हार बेहो¥यो । यो नतिजाले सिटी (६८) र युनाइटेड (५३) बीचको दुरी १५ अंकको भएको छ ।

सिटीले वेस्ट ब्रोमलाई ३–० ले हराउँदा युनाइटेड टोटनहामसँग २–० गोलले हारेको थियो । टोटनहामका क्रिस्टियन इरिकसेनले ११ सेकेण्डमा गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्