हुन्डाई इओनमा ठगीको पराकाष्ठा, ५३ प्रतिशतसम्म बढी मूल्य लिइएको भेटियो



काठमाडौं, (नेस)
ही दिनयता अटोमोबाइल क्षेत्रमा हुँदै आएको उपभोक्ता ठगीका घटना एकपछि अर्को गर्दै पर्दाफास हुन थालेका छन्। यसैक्रममा पछिल्लोपटक अन्तर्राष्ट्रिय अटोमोबाइल्स ब्रान्ड हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इओन इरा गाडीको बिक्रीमा ५३ प्रतिशतसम्म बढी मूल्य लिएको भेटिएको छ।

नेपाली बजारमा निकै रुचाइएको इओन धगाडीको विक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टले कुल मूल्य १२ लाख ४४ हजार रुपियाँ रहेको उक्त गाडी १८ लाख ९८ हजार रुपियाँँमा बेच्ने गरेको पाइएको हो।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रँलिका सञ्चालक अन्जन श्रेष्ठ नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष समेत हुन्। अटोमोबाइलका क्षेत्रमा देखिएका समस्या तथा नीतिगत रूपमा राज्यलाई सहयोग गर्ने उद्देश्यले एसोसियसन स्थापना भएको हो। तर, अध्यक्ष नै सञ्चालक रहेको कम्पनीले सर्वसाधारण ठग्ने गरेको भेटिएको हो।

पछिल्लो समय बजार अनुगमनका क्रममा सवारी बिक्रेता केही कम्पनीहरूले अस्वभाविक रूपमा विभिन्न शीर्षकमा ग्रँहकबाट मूल्य असुल्ने गरेको भन्दै आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागले कारबाहीको प्रक्रिया अगाडि बढाइरहेको छ।

तर, लक्ष्मी इन्टरकन्टिनेन्टलको हकमा भने कारबाहीका लागि विभागले कुनै पहल गरेको देखिँदैन। विभागका एक उच्च अधिकारीले दैनिक अनुगमनका क्रममा सबै क्षत्रमा जान नसकेको तथा उपभोक्ताको गुनासो र उजुरीलाई बजार अनुगमनका क्रममा बढी प्रँथमिकता दिएको बताए। ठगी तथा कालोबजारी मुद्दा दायर गर्नका लागि कुनै तथ्य र आधार चाहिने ती अधिकारीको भनाइ छ।


वस्तु बिक्रीमा ५३ प्रतिशतसम्म बढी मूल्य असुली गरेको तथ्य प्रमाणका बारेमा जानकारी गराएपछि लक्ष्मी इन्टरकन्टिनेन्टललाई आवश्यक कारबाहीका लागि पहल गर्ने विभागले जनाएको छ।

कालोबजार ऐन २०३२ अनुसार माल वस्तुको उत्पादक, आयात वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै मालवस्तु बिक्री गरेमा सो माल सामान लिएको मोल फिर्ता गराई सो माल वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ।

कुनै मालवस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया २० गुणाभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो मालवस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

पछिल्लो समय आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अटो मोबाइल्सका क्षत्रमा अनुगमन तीव्र पारेपछि बिक्रेता कम्पनीको ठगी भण्डाफोर हुँदै आएको छ। अन्तराष्ट्रिय ब्रँन्डका चारपांग्रे सवारी साधनमा आधिकारिक बिक्रेता कम्पनीले अस्वभाविक मूल्य असुली गर्ने गरेको भन्दै विभागले अनुगमनलाई तीव्र पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्