भुकम्पपिडितलाई दिइएको वालुवामाथि राजनिति



शालिकराम, चालिसे नुवाकोट । नुवाकोटका भुकम्पपिडितहरुलाई सहुलियत मुल्यमा दिइएको भनिएको वालुवामाथि राजनिति शुरु भएको छ ।

जिल्लाका राजनितिक दलहरुको दलिय स्वार्थ र दलहरुबिच समान धारणा हुन नसक्दा भुकम्पपिठितहरु दोहोरो चेपुवामा परेका छन । जिल्लाका प्रमुख दलहरु नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसका निर्वाचित प्रतिनिधहरु आरोप प्रत्यारोपमा उत्रिदा भुकम्पपिडितहरु अन्यौलमा परेका हुन ।

विदुर नगरपालिकाले केही समय अघिदेखि विदुरनगरपालिका वडा नं ४ को मुन्थलामा रहेको वालुवा खानी भुकम्पपिडिहरुलाई सहुलिय दिनभन्दै खुल्ला गरेपछि पार्टीहरुबीच तिव्र विवाद भएको छ । जसले गर्दा केन्द्र्रमा देखिएको दलहरुको कित्ताकाट जिल्लामा समेत देखिएको हो ।

विदुर नगरपालिका मेयर सञ्जु पण्डितले नगरपरिषदको बैठबाट निर्णय भुकम्पपिडितलाई राहात दिने निर्णय गरेका थिए । तर नगर परिषदमा कांग्रेसको सामान्य प्रतिनिधिमात्र रहेकोले कांग्रेसले त्यसको विरोध गरेको छ ।

कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले विदुर नगरपालिकाले एकलौटि ढंगले तानाशाह लाद्ने प्रयत्न गरेको भन्दै नगरपालिकाले उत्त निर्णय गर्न नसक्ने बताउँछन ।

थापाले भने “नगरपालिकाले वालुवा बाड्ने निर्णय गर्न सक्दैन त्यसका लागि वडाको पोहिला अनुमति लिनुपर्छ । वडाका वडाध्यक्षसँग एकवचन पनि नसोधि नगरपालिकाले जसरी वालुवा बाँड्ने निर्णय गर्यो त्यो तानाशाहाको जव्लन्त उदाहरण हो ।”

तर विदुर नगरपालिकाका मेयर सञ्जु पडित भने वालुवा वितरण गर्न र रोक्न सक्ने अधिकार आफुहरुलाई रहेको बताउछन । “अहिलेको समयमा भुकम्पपिडितलाई सहुलियत दिनु आफुहरुको काम हो विरोध गर्नेहरुले विरोधका लागि मात्रै विरोध गरिरहेका छन । त्यसको विरोध गर्नु कुनै तुक नभएको पण्डित बताउँछन ।

यसैबिच विदुर नगरपालिकाले सहुलियत दरमा भुकम्पपिडितहरुलाई वालुवा वितरण गरिरहेको अवस्था जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङले जिल्लाका कुनैपनि भुकम्पपिडितहरुले नदीजन्य पदार्थकको उपभोग निशुल्क रुपमा गर्न पाउने बताएका छन ।

तामाङले विदुर नगरपालिकाले भुकम्पपिडितहरुलाई वालुवा निशुल्क वितरण गरेको भन्दै कोही कसैले नदीजन्य पदार्थ लिदा पैसा मागे तुरुन्त आफैलाई फोन गर्न समेत आग्रह गरेका छन ।

जिल्लाका जनप्रतिनिधिहरुको समान धारणा हुन नसक्दा भुकम्पपिडितहरु भने अन्र्यौलमा छन । विदुर नगरपालिका वडा नं ४ का स्थानिय माया मगरले भनिन्–“जनप्रतिनिधिको कुनै टुङ्गो भएन एउटा भन्छन सहुलिएत त अर्को भन्छन निशुल्क कसको कुरा सुन्ने हो कुरै बुझ्न सकिएन ।”

प्रतिक्रिया दिनुहोस्