किरण,बिमल र सन्दीपले पाए बधाई



नेपाल समाचारपत्र, काठमाडौँ ।

राष्ट्रिय खेलकुद परिसदका सचिव केशवकुमार विष्टले सरकारका तर्फबाट खेलाडी किरण, बिमल र सन्दीपलाई एकैसाथ बदाई व्यक्त गर्नुभएको छ ।

विष्टले विज्ञप्ती जारी गर्दै नेपालका राष्ट्रिय टोलीलाई बधाई तथा सुभकामना दिनुभएको छ ।

केहि दिन अगाडी नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण च्यम्जो«ङले व्यवसाहिक फुटबल खेल्न भारतको आइलिग क्लब मिनर्वा पञ्जावमा आबद्ध भएका थिए । उनलाई क्लबले डब्यु समेत गराइसकेकाको छ ।

यस्तै नेपाली राष्ट्रिय टोलीका स्ट्राइगर बिमल घर्ती मगर पनि व्यवसाहिक फुटबल खेल्न भारतको चर्चीत आइ लिग क्ल्ब बगानमा आबद्ध भएका छन् । यसका साथ साथै क्रिकेटर सन्दीप लामिछानेलाई पनि भारतीय क्रिकेट क्लब दिल्ली डेयरडेभिल्सले २० लाख रुपैँयामा खरिद गरेको छ । यसैबीच उनी नेपालबाट भारतमा हुने आइपिएल खेल्ने पहिलो क्रिकेट खेलाडी समेत बनेका छन् । यसरी नेपालका अन्य खेलाडीहरु पनि देश विदेशमा गएर व्यवसाहिक खेल सुरु गरेको उनीहरुलाई बधाई दिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पुरा हेर्नुहोस जारी विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्