एड्भेन्चर स्पोर्ट्स एक्स्पोमा नेपालको सहभागिता



काठमाडौं, (नेस)
नेपाललले जनवरी २७ देखि २९ सम्म भारतको नयाँ दिल्लीमा आयोजित एड्भेन्चर स्पोर्ट्स एक्स्पो एसियामा सहभागिता जनाएको छ। पाटा नेपाल च्याप्टर, नेपाल पर्यटन बोर्ड तथा नेपाल वायु सेवा निगमको संयोजनमा ७ वटा निजी पर्यटन व्यवसायीसहित नेपालले सहभागिता जनाएको हो।

संसारभरि रहेका एड्भेन्चर तथा इको टुरिजम क्षेत्रमा संग्लग्न सबै सरोकारवालालाई एउटै छातामुनि भेला गरी दिगो साहसिक पर्यटनको अवधारणालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित एक्स्पोमा नेपालबाट ७ वटा ट्रेकिङ तथा टुर कम्पनीले सहभागिता जनाएका छन्। यस्ता खालको प्रदर्शनीले नेपालको सहासिक पर्यटनआगमनमा टेवा पुर्याउने पाटा नेपाल च्याप्टरमा प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बुडालले जनाकारी दिनुभयो।

कार्यक्रममा पाटा नेपालका अध्यक्ष्य सुनिल शाक्यले ‘नेपाल, द अल्टिमेट एड्भेन्चर डेस्टिनेसन’ शीर्षकमा प्रस्तुति दिनुभएको थियो। उहाँले नेपाली साहसिक खेल तथा साहसिक पर्यटनका आकर्षण तथा सम्भावनालाई चित्रण गर्दै एड्भेन्चर प्रेमीका लागि नेपाल उत्कृष्ट गन्तव्य भएको बताउँदै सबैलाई नेपाल घुम्न आमन्त्रण गर्नुभयो।
त्यस्तै नदी संरक्षण अभियान्ता मेघ आलेले नेपालमा नदी संरक्षण अभियान तथा दिगो पर्यटन विकासका लागि नदी संरक्षणको आवस्यकताबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा दिगो साहसिक पर्यटन विकासमा योगदान पुर्याउने नेपालका विभिन्न हस्तीलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। प्रदर्शनीमा नेपालका तर्फबाट २७ जनाले भाग लिएका थिए। प्रदर्शनीमा वायर र सेलरहरूले आफ्नो प्रडक्ट प्रदर्शनी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्