बुद्धिचाहिँ सफा गर्ने कि?



काठमाडौं खाल्डो पनि अजिवको छ। दैनिक खाल–खालको दृश्य नियाल्न पाइन्छ। अन्य दिनभन्दा बुधबार बिहान नयाँ बानेश्वर चोकमा केही फरक चहल–पहल भएपछि धरहराको दूरबिन पनि उतै मोडियो। अचम्मै भयो भन्या, कांग्रेसका नेताहरू सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरिरहेका थिए। आफ्नो हैन, पैदल यात्रुका। अनि भएन त अचम्म।

युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङलगायतका नेताहरूले यात्रुलाई त्यस्तो अवसर प्रदान गरे। मुलुकको राजनीतिक कार्यशैली बदल्न नेताहरूले प्रतीकात्मकरूपमा जुत्ता पालिस गर्या रे। कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर यो प्रतीकात्मक कार्यक्रम गरेको नेताहरूले प्रस्ट्याए। शहीदको बलिदानअनुसार मुलुकमा राजनीतिक वातावरण नबनेको, राजनीतिमा नैतिकता र बलिदानीको भावना नभएको उनीहरूको तर्क छ।

त्यसो भन्दै उनीहरूले सर्वसाधारणको जुत्ता पालिस गरे। तर धरहराले बुझ्न नसक्या कुरा मुलुकको राजनीति र राजनीतिक वातावरण विगार्या नेताले कि, राजनीति राम्रोसँग नबुझेका पैदलयात्रुले? सडकमा जुत्ता पालिस गरेर सस्तो चर्चा बटुल्दैमा मुलुकको राजनीति सुध्रिने भए त मुलुकले छोटै अवधिमा काचुली फेथ्र्यो होला।

त्यसैले नेताज्यूहरू सडकमा जुत्ता होइन, तपार्इंकै पार्टीका नेताहरूको मन, मस्तिष्क र बुद्धिको बिर्को सफा गर्ने अभियानमा लाग्न ढिलो नगर्नुस्।

प्रतिक्रिया दिनुहोस्