विश्वकै अग्लो पुरुष र होची महिलाको भेट



कायरो, (एजेन्सी)
विश्वकै सबैभन्दा अग्लो पुरुष र सबैभन्दा होची महिलाको यो तस्वीर फोटोसपको चमत्कार होइन। यस ग्रहकै सबैभन्दा अग्ला ८ फिट ९ इन्च उचाइका टर्कीका ३६ वर्षीय सुल्तान कोसेन टावर जस्तो देखिएका छन्। जब कि २ फिट ६ इन्च मात्र उचाइकी भारतको नागपुरकी ज्योति अम्गेलाई उनको शिरसम्मको झलक पाउन टाउकोलाई आफूले सकेसम्म पछाडि तन्काउनुपरेको देखिन्छ।

२५ वर्षीय अम्गे विश्वकै सबैभन्दा होची महिलाका रूपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता भइसकेकी छिन्। उनले आफना ठीक उल्टो कीर्तिमानधारीसँग इजिप्टमा फोटोसुटका लागि भेटिकी हुन्।विश्व कीर्तिमानधारी यी जोडीले इजिप्टको गिजा शहरमा देशको पर्यटन प्रवद्र्धन प्रयोजनका लागि विभिन्न पोजमा तस्वीर खिचाएका थिए। पिउटुइटरी ग्ल्यान्डमा हुने गडबडीका कारण अत्यधिक अग्लो भएका कोसेन इतिहासमा ८ फिट वा त्योभन्दा बढी उचाइ हुने १० व्यक्ति मध्येका एक हुन्।

अकोन्डोप्लासियाका कारण होची बनेकी अम्गे २५ वर्षकी भए पनि २ वर्षका बालबालिकाको औसत उचाइभन्दा होची छिन्।

प्रतिक्रिया दिनुहोस्