सीजी ईन्टरटेनमेन्ट लक्स कामना फिल्म अवार्ड २०७४ सम्पन्न, सबै विधाको अवार्ड वितरण



काठमाडौं । कामना फिल्म अवार्ड २०७४ आज सम्पन्न भएको छ । कामना पब्लिकेसनले आयोजना गर्दै आएको कामना फिल्म अवार्डको यो वर्षको अवार्ड मंगलबार वितरण गरिएको हो ।

कुल ३२ विधामा मनोनयन भएको अवार्ड आज विशेष कार्यक्रमको आयोजना गरेर वितरण गरिएको छ । लक्स कामना फिल्म अवार्डस् २०७४ मा सर्वोत्कृष्ट चलचित्र, सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट नवनिर्देशक, सर्वोत्कृष्ट अभिनेता, सर्वोत्कृष्ट अभिनेतृ, सर्वोत्कृष्ट नवअभिनेता, सर्वोत्कृष्ट नवअभिनेत्री, सर्वोत्कृष्ट सहअभिनेता, सर्वोत्कृष्ट सहअभिनेतृ, सर्वोत्कृष्ट खलपात्र, सर्वोत्कृष्ट हास्य कलाकार, सर्वोत्कृष्ट बालकलाकार रहेका छन ।

त्यसैगरी कथा विधा, पटकथा विधा, संवाद विधा, सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट पाश्र्व गायक, सर्वोत्कृष्ट पाश्र्व गायिका, सर्वोत्कृष्ट नृत्य निर्देशन, पाश्र्व संगीत, सर्वोत्कृष्ट द्वन्द्व निर्देशन, छायांकन, सम्पादन, ध्वनी मिश्रण, श्रृंगार, लक्स पपुलर च्वाइस अवार्ड आज वितरण गरीएको हो ।

भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा भव्यताका साथ सम्पन्न तेस्रो संस्करणको कामना फिल्म अवार्डस् २०७४ मा कलातर्पm अभिनेता तथा रंगकर्मी दम्पत्ती हरिहर शर्मा र शकुन्तला शर्मा तथा प्रविधितर्पm छायांकार तथा निर्देशक मञ्जुकुमार श्रेष्ठ किर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मानित भएका छन्।

सिजी इन्टरटेनमेन्टको सहकार्यमा कामना न्यूज पब्लिकेसन्सद्धारा चमक दमकका साथ आयोजित समारोहमा शर्मा दम्पत्ती र श्रेष्ठलाई प्रधान सेनापती राजेन्द्र क्षत्री, पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ र सिजी इन्टरटेनमेन्टका अध्यक्ष वसन्त चौधरीले सम्मान अर्पण गर्नुभएको थियो। उहाँहरुलाई नगद १ लाख रुपियाँका साथ सम्मान अर्पण गरिँदा भरिभराउ सभाभवनका कलाकर्मी तथा दर्शकले उठेर सम्मान प्रकट गरेका थिए। शर्मा दम्पत्तीलाई सो सम्मान संयुक्तरुपमा प्रदान गरिएको हो।

कामना फिल्म अवार्ड २०७४ को मनोनय सूचिमा परेका मध्ये सर्वोत्कृष्ट चलचित्रमा मनोनयनमा परेका छक्का पञ्जा, डाईङ क्यान्डल, गाजलु, जात्रा, के म तिम्रो होइन र मध्ये छक्का पञ्जाले अवार्ड पाउन सफल भएको छ ।

सर्वोत्कृष्ट निर्देशकको मनोनयनमा परेका सुवर्ण थापा – बाटो मुनिको फूल २, दिपेन्द्र के खनाल – चपलि हाइट २, हेमराज बिसी – गाजलु, आकाश अधिकारी – के म तिम्रो होइन र र निश्चल बस्नेत – लुट २ मध्ये हेमराज बिसी – गाजलुले अवार्ड पाएका छन ।

त्यसैगरी सर्वोत्कृष्ट अभिनेताको मनोनयनमा परेका दयाहाङ राई – विर विक्रम, अनमोल केसी – गाजलु, विपीन कार्की – जात्रा, निखिल उप्रेती – निर्भय, सौगात मल्ल – शब्द मध्ये कामना फिल्म अवार्ड हात पार्नेमा विपीन कार्की – जात्रा रहेका छन । त्यसैगरी सर्वोत्कृष्ट अभिनेतृको मनोनयनमा परेका प्रियंका कार्की – छक्का पञ्जा, सृजना सुब्बा – डाइङ क्यान्डल, वर्षा राउत – जात्रा, केकी अधिकारी – लभ सासा र नीता ढुंगाना – निर्भयमध्ये सृजना सुब्बा – डाइङ क्यान्डलले अवार्ड हात पार्न सफल भएकी छिन ।

लक्स कामना फिल्म अवार्डस् २०७४मा पटकथा विधाको मनोनयनमा परेका यश कुमार – बाटो मुनिको फुल २, दीपकराज गिरी – छक्का पञ्जा, नरेशकुमार केसी – डाइङ क्यान्डल, हेमराज विसी – गाजलु, प्रदीप भट्टराई – जात्रा मध्येबाट प्रदीप भट्टराई – जात्राले अपार्ड हात पारेका छन ।

सर्वोत्कृष्ट नृत्य निर्देशनतर्फ कविराज गहतराज – छक्का पञ्जा÷पूर्व पश्चिम रेल, रामजी लामिछाने – किङ/अधुरो, कविराज गहतराज – किस्मत २/तिम्रो पिक्चर हिट, विक्रम स्वाँर – लुट २/ठमेल बजार, कविराज गहतराज – राधा/छपक्कैमध्ये कविराज गहतराज – छक्का पञ्जापर्न सफल भएका छन ।

सर्वोत्कृष्ट सहअभिनेतातर्फ मनोनयनमा परेका टिका पहाडी – बाटो मुनिको फूल २, जितु नेपाल – छक्का पञ्जा, शिवहरी पौडेल – छक्का पञ्जा, गौरव पहाडी – गाजलु, रविन्द्र बानियाँ – जात्रा मध्येबाट जितु नेपाल – छक्का पञ्जाले अवार्ड हात पार्न सफल भएका छन । त्यस्तै सर्वोत्कृष्ट सहअभिनेतृ, सुभद्रा अधिकारी – बाटो मुनिको फुल २, वर्षा राउत – छक्का पञ्जा, मेनुका प्रधान – गाजलु, गौरी मल्ल – होमवर्क, सविना गोपाली – के म तिम्रो होइन र मध्य गौरी मल्ल – होमवर्कले अवार्ड हात पार्न सफल भएको छ ।

त्यसैगरी सर्वोत्कृष्ट नवनिर्देशकको मनोनयनमा परेका दीपाश्री निरौला – छक्का पञ्जा, नरेश कुमार केसी – डाइङ क्यान्डल, प्रदीप भट्टराई – जात्रा, रोज राणा – जय परशुराम, सन्तोष सिवाकोटी – शब्द मध्ये दीपाश्री निरौला – छक्का पञ्जाले अवार्ड हात परेकी छिन ।

त्यसैगरी पाश्र्व संगीततर्फ मनोनयनमा परेका डिजे एलएक्स – बाटो मुनिको फुल २, सुजिल कर्मचार्य – छक्का पञ्जा, रोहित शाक्य – लुट २, रोहित शाक्य/शैलेश श्रेष्ठ – जात्रा, एलिश कार्की – के म तिम्रो होइन र मध्येबाट एलिश कार्की – के म तिम्रो होइन रले अवार्ड हात पार्न सफल भएका छन ।

छायांकन विधा तर्फ मनोनयनमा परेका पुरुषोत्तम प्रधान – छक्का पञ्जा, निरज काडेल – चपलि हाइट २, रविन आचार्य – डाइङ क्यान्डल, शैलेन्द्र डि कार्की – गाजलु, पुरुषोत्तम प्रधान – लुट २, शिव ढकाल – शब्दमध्येबाट रविन आचार्य – डाइङ क्यान्डलले अवार्ड हात पार्न सफल भएका छन ।

सर्वोत्कृष्ट नवअभिनेतातर्फ मनोनयनमा परेका सुगम गुरागाईं – ब्रासलेट, आयुषमान देशराज श्रेष्ठ – चपलि हाइट २, आर्यन अधिकारी – के म तिम्रो होइन र, पृथ्वीराज प्रसार्इं – किस्मत २, सञ्जय गुप्ता – सफरमध्येबाट आर्यन अधिकारी – के म तिम्रो होइन र पर्न सफल भएका छन ।

सर्वोत्कृष्ट नवअभिनेत्रीको मनोनयनमा परेका दीया पुन – विर विक्रम, सृष्टि श्रेष्ठ – गाजलु, नम्रता श्रेष्ठ – गाँठो, मरिष्का पोखरेल – के म तिम्रो होइन र, कमली वाइबा लामा – शब्दमध्येबाट सृष्टि श्रेष्ठ – गाजलुले अवार्ड हात पार्न सफल भएकी छिन ।

त्यसैगरि सर्वोत्कृष्ट संगीतकारतर्फ मनोनयनमा परेका तारा प्रकाश लिम्बु – विर विक्रम/हारें हारें, राजनराज शिवाकोटी – छक्का पञ्जा÷पूर्व पश्चिम रेल, कालिप्रसाद बासकोटा – लुट २.ठमेल बजार, अर्जुन पोखरेल – निर्भय/यो दुनियाँ, बसन्त सापकोटा – राधा÷छपक्कैमध्येबाट अवार्ड हात पार्नेमा कालिप्रसाद बासकोटा – ठमेल बजार परेका छन ।

त्यसैगरी सर्वोत्कृष्ट पाश्र्व गायकतर्फ मनोनयनमा परेका ताराप्रकाश लिम्बु – विर विक्रम/हारेँ हारेँ, राजनराज शिवाकोटी – छक्का पञ्जा/पूर्व पश्चिम रेल, कृष्ण काफ्ले – छक्का पञ्जा/सुन न चम्पा, प्रताप दास – के म तिम्रो होइन र/पागल, युवराज चौलागाईं – पलास/तिमी साथमा, स्वरुपराज आचार्य – शब्द/हरपल मध्येबाट कृष्ण काफ्ले – छक्का पञ्जा/सुन न चम्पाले अवार्ड हात पार्न सफल भएका छन ।

सर्वोत्कृष्ट खलपात्रतर्फ मनोनयनमा परेका ध्रुव कोईराला – बाजिगर, अर्पण थापा – विर विक्रम, दीपकराज गिरी – छक्का पञ्जा, कमलमणि नेपाल – जात्रा, कामेश्वर चौरासिया – पलासमध्येबाट दीपकराज गिरी – छक्का पञ्जाले अवार्ड हातपार्न सफल भएका छन । त्यसैगरि सर्वोत्कृष्ट हास्य कलाकारतिर केदार घिमिरे – छक्का पञ्जा, रविन्द्र झा – जात्रा, दयाहाङ राई – लुट २, सलोन बस्नेत – गाजलु, बुद्धि तामाङ – छक्का पञ्जा मनोनयनमा परेका मध्येकेदार घिमिरे – छक्का पञ्जाले अवार्ड हात पार्न सफल भएका छन ।

त्यस्तै सर्वोत्कृष्ट बालकलाकारमा मनोनयनमा परेका लाक्पा सिंघे तामाङ – डाइङ क्यान्डल, अरविन्द खड्का – जात्रा, अंग्रकित खड्का – लुट २,प्रसिद्धि भट्टराई – निर्भय, अनुभव रेग्मी – शब्दमध्येबाट लाक्पा सिंघे तामाङले अवार्ड हात पार्न सफल भएका छन । त्यस्तै कथा विधाको मनोनयनमा परेका यश कुमार – बाटो मुनिको फूल २, दीपकराज गिरी – छक्का पञ्जा, नरेशकुमार केसी – डाइङ क्यान्डल, हेमराज विसी – गाजलु, शिवम अधिकारी – होमवर्क मध्येबाट डाइङ क्यान्डल, हेमराज विसी – गाजलुले अवार्ड हात पारेका छन ।

 

संवाद विधा तर्फ मनोनयनमा परेका यश कुमार – बाटो मुनिको फुल २, दीपकराज गिरी/केदार घिमिरे/जितु नेपाल – छक्का पञ्जा, हेमराज बिसी – गाजलु, प्रदीप भट्टराई – जात्रा, यम थापा – शब्दमध्येबाट दीपकराज गिरी/केदार घिमिरे/जितु नेपाल – छक्का पञ्जाले अवार्ड हात पार्न सफल भएका छन । सर्वोत्कृष्ट गीतकारतर्फ मनोनयनमा परेका सुरेश प्राञ्जली – बाटो मुनिको फुल २/नरुने आाखा, अर्जुन पोखरेल – किस्मत २÷यी आाखा लैजाउ, दयाराम पाण्डे – पलास/तिमी साथमा र डा. कृष्णहरी बराल – शब्द/हरपल, उत्तम भौकाजी – सफर÷प्रियतमा मध्येबाट डा. कृष्णहरी बराल – शब्द/हरपलले अवार्ड हात पार्न सफल भएका छन ।

 

सर्वोत्कृष्ट पाश्र्व गायिकाको मनोनयनमा परेका जलजला परियार – बाटो मुनीको फुल २/केही कदम, मिलन अमात्य – हाउ फन्नी÷यो के हो, अञ्जु पन्त – किस्मत २÷यी आाखा लैजाउ, मिना निरौला – लुट २/ठमेल बजार, मेलिना राई – राधा÷छपक्कैमध्येबाट अञ्जु पन्त – किस्मत २÷यी आाखा लैजाउले अवार्र्ड हात पार्न सफल भएकी छिन । सर्वोत्कृष्ट द्वन्द्व निर्देशन तर्फ मनोनयनमा परेका एनबी महर्जन – जय परशुराम, हिमाल केसी – के म तिम्रो होइन र, रोशन श्रेष्ठ – किङ, चन्द्र पन्त – किस्मत २, राजकुमार उप्रेती – लुट २ मध्ये हिमाल केसी – के म तिम्रो होइन र ले अवार्ड हात पारेका छन ।

सम्पादन तर्फ मनोनयनमा परेका विपीन मल्ल – छक्का पञ्जा, भुपेन्द्र अधिकारी – डाइङ क्यान्डल, सुरेन्द्र पौडेल – गाजलु, मित्र डि गुरुङ – जात्रा, सुरेन्द्र पौडेल – लुट २ मध्येबाट सुरेन्द्र पौडेल – गाजलुले अवार्ड हात परेका छन । ध्वनी मिश्रण तर्फ मनोनयनमा परेका उत्तम न्यौपाने – गाजलु, सुनयमान श्रेष्ठ – छक्का पञ्जा, उत्तम न्यौपाने – चपलि हाईट २, मनोज राजभण्डारी – जात्रा, मुकेश शाह – के म तिम्रो होइन र मध्येबाट उत्तम न्यौपाने – गाजलुले अवार्ड हात पारेका छन । श्रृंगार तर्फ सरोज बुढाथोकी – डाइङ क्यान्डल, सरोज बुढाथोकी – गाजलु, शिवराम केसी – जात्रा, ईश्वर श्रेष्ठ – के म तिम्रो होइन र, अमृत मरहठ्ठा – लुट २ मध्ये सरोज बुढाथोकी – गाजलुले अवार्ड हात पार्न सफल भएका छन ।      

प्रतिक्रिया दिनुहोस्