अकालमा ज्यान जोगाउन धुमपान छोड्नैपर्छ



लन्डन,(एजेन्सी)

घुमपानकर्ताहरूले ह«दयाघातको खतराबाट बच्नकालागि चुरोटको संख्या घटाउँदै लानुको सटा चटक्कै धुमपान नै त्याग्नु उत्तम हुने हालै वेलायतमा गरेको एक अध्ययनले पत्ता लगाएको छ।
अनुसन्धानकर्ताहरूले दिनको एउटा मात्र चुरोट पिउने व्यक्तिलाई कहिल्यै चुरोट नखाउनेहरूको तुलनामा मुटुको रोग लाग्ने संभावना ५० प्रतिशत बढि र ह«दयाघात हुने संभावना ३० प्रतिशतले बढि हुने पत्ता लगाएका छन्। तिनीहरूले यस्ता रोगका लागि धुमपानको सुरक्षित स्तर नै नभएको बताएका छन्।

तर एकजना विशेषज्ञले भने चुरोटको संख्यामा कटौति गर्दै जाने कुनै व्यक्तिले चुरोट छोड्न सक्ने संभावना रहेको बताएका छन्। धुमपानबाट क्यान्सरै नभएपनि मुटुको अन्य रोगबाट मानिसको अकालमै ज्यान जाने संभावना ४८ प्तिशतले बढि भएको बताइएको छ। वेलायतमा अहिले धेरै चुरोट पिउने वयस्कहरूको संख्या घट्दै गइरहेको छ।

तर त्यसको अनुपातमा दिनको एक देखि पाँचवटा चुरोट पिउनेहरूको संख्या भने नाटकिय पाराले बढिहरेको अनुसन्धाकर्ताहरूले बताउका छन्। ब्रिटिस मेडिकल जर्नलमा प्रकासित यस सम्बन्धी १ सय ४१ वटा अध्ययनको विश्लेषण प्रतिवेदनमा दिनको २० वटा चुरोट पिउने १ सय जना अधवैंशेहरू मध्ये सातजनालाई ह«दयाघात वा मसितष्कघात हुने संभावना धेरै रहेको जनाइएको छ।

साथै यदि तिनीहरूले फटाफट चुरोट संख्या घटाउँदै दिनको एउटै मात्र चुरोट पिउन थालेपनि ह«दयाघातको संभावना तीन प्रतिशत रहिनै रहने अनुसन्धानकर्ताहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूले कहिल्यै चुरोट नखानेहरूको तुलनामा दिनको दिनको एउटै मात्र चुरोट पिउने पुरुषहरूलाई मुटुको रोग विकास हुने खतरा ४८ प्रतिशत बढि र मस्तिष्कघात हुने खतरा २५ प्रतिशतले बढि हुने बताएका छन्।

अझै महिलाहरूमा यसबाट मुटुको रोग लाग्ने खतरा ५७ र मसितष्कघात हुने खतरा ३१ प्रतिशतले बढि हुने बताइएको छ। यस अध्ययनको नेतृत्व युनिभर्सिटी कलेज लन्डनको युसिएल क्यान्सर इन्स्टिच्युटका प्राध्यापक अल्लान ह्याकसले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्